Logo

२०८३, भाद्र १गते


images
images

विद्युत् कर हटाउन कुलमान घिसिङले देशव्यापी हस्ताक्षर अभियान शुरु गर्दै

विद्युत् कर हटाउन कुलमान घिसिङले देशव्यापी हस्ताक्षर अभियान शुरु गर्दै

images
  • विद्युत् कर हटाउन कुलमान घिसिङले देशव्यापी हस्ताक्षर अभियान शुरु गर्दै
    images
    images

    काठमाडौँ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले विद्युतमा लगाइएको कर हटाउन तथा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम असुल गर्न माग गर्दै देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ ।

    images
    images
    images

    पार्टीले भदौ १ गतेदेखि भदौ २४ गतेसम्म ‘तपाईंको हस्ताक्षर, तपाईंको आवाज’ नाराका साथ देशव्यापी रूपमा हस्ताक्षर अभियान सञ्चालन गर्ने बताएको छ ।

    images
    images
    images

    अभियानको उद्घाटन आज बिहान ११ बजे माइतीघर मण्डलामा हुने जनाइएको छ । उद्घाटन कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सहभागी हुनेछन् ।

    images
    images
    images

    पार्टीले अभियानमार्फत विद्युत्मा लगाइएको कर हटाउन र डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापत उठ्न बाँकी बक्यौता रकम असुल गर्न सरकारमाथि दबाब दिने जनाएको छ ।

    उज्यालो नेपाल पार्टीले अभियानलाई सुशासन, समृद्धि र सामाजिक न्यायको उद्देश्यसँग जोडेको छ। पार्टीले देशभरका नागरिकलाई अभियानमा सहभागी भई हस्ताक्षरमार्फत आफ्नो आवाज व्यक्त गर्न आह्वान गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।