Logo

२०८३, श्रावण २७गते


images
images

वरिष्ठ साहित्यकार विमलको निधनमा जनकपुरधामका शैक्षिक संस्था बन्द

वरिष्ठ साहित्यकार विमलको निधनमा जनकपुरधामका शैक्षिक संस्था बन्द

images
  • वरिष्ठ साहित्यकार विमलको निधनमा जनकपुरधामका शैक्षिक संस्था बन्द
    images
    images

    जनकपुरधाम । वरिष्ठ भाषाविद्, शिक्षाविद् तथा साहित्यकार प्राध्यापक डा. राजेन्द्र प्रसाद विमलको निधनप्रति जनकपुरधाम उपमहानगरपालिकाले दुःख व्यक्त गर्दै बुधबार एक दिन नगर क्षेत्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएको छ ।

    images
    images
    images

    उपमहानगरपालिकाले जारी गरेको शोक वक्तव्यमा शिक्षा, संस्कृति, पूर्वीय दर्शन तथा मैथिली र नेपाली साहित्यको क्षेत्रमा डा. विमलले पुर्‍याएको योगदानको स्मरण गरिएको छ ।

    images
    images
    images

    डा. विमलको २०८३ साल साउन २५ गते राति १ बजे निधन भएको थियो। उनको निधनले जनकपुरधामको साहित्यिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र एक महत्वपूर्ण अभिभावक गुमाएको उपमहानगरपालिकाले जनाएको छ ।

    images
    images
    images

    उपमहानगरपालिकाले डा. विमलको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

    उनको निधनप्रति शोक मनाउन २०८३ साल साउन २७ गते बुधबार जनकपुरधाम उपमहानगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत शैक्षिक संस्था एक दिन बन्द गर्न अनुरोध गरिएको छ । उक्त दिन ती संस्थामा पठनपाठनसमेत बन्द रहनेछ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।