Logo

२०८३, आश्विन ११गते


images
images

देशभरका दर्जनौँ सडक अवरुद्ध

देशभरका दर्जनौँ सडक अवरुद्ध

images
  • देशभरका दर्जनौँ सडक अवरुद्ध
    images
    images

    काठमाडौँ । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लामा पहिरो, बाढी, सडक कटान तथा हिलोका कारण प्रमुख सडकखण्ड अवरुद्ध भएका छन्। प्रहरीका अनुसार विभिन्न जिल्लाका सडकखण्डमा सवारीसाधनको आवतजावत प्रभावित भएको छ ।

    images
    images
    images

    सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गमा रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुलीसम्मको सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको हो। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइनेछ। उक्त व्यवस्था अर्को सूचना नभएसम्म लागू रहने जनाइएको छ ।

    images
    images
    images

    त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। वर्षाका कारण सडकमा जोखिम बढेकाले साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवतजावत रोकिएको हो। यो व्यवस्था अर्को सूचना नभएसम्म कायम रहने जनाइएको छ ।

    images
    images
    images

    इलाममा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण सडकमा हिलो जमेर सवारीसाधन आवतजावत गर्न नसक्ने अवस्था भएपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। उक्त स्थानमा वैकल्पिक सडक रहेको जनाइएको छ ।

    सिन्धुपाल्चोकमा अरनिको राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा सडक माथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा पनि सडक माथिबाट ढुङ्गा, माटो तथा लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यस्तै, भोटेकोशी गाउँपालिका–२ लिपिङमा सडक भासिएपछि अरनिको राजमार्गको उक्त खण्डसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ।

    रसुवाको पासाङ ल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी जाने सडकखण्डमा त्रिशूली नदीले सडकको मुनिबाट कटान गरेपछि सडक अवरुद्ध भएको हो। नदी कटानका कारण सडक पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सवारीसाधनको आवतजावत रोकिएको छ।

    रुकुम पश्चिममा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ। आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित सडकमा माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

    यसैगरी, तेह्रथुममा मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। लालीगुराँस नगरपालिका–९ काडेस्थित पिङवा खोलानजिक करिब ३० देखि ३५ मिटर माथिबाट ढुङ्गा र माटोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

    लगातारको वर्षाका कारण सडकमा बाढी, पहिरो, कटान तथा हिलोको जोखिम बढेको प्रहरीले जनाएको छ। वर्षाका कारण जोखिमयुक्त सडकखण्डमा जुनसुकै समयमा आवतजावत प्रभावित हुन सक्ने भएकाले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

    प्रहरीले अवरुद्ध सडक खुलाउने तथा प्रभावित सडकखण्डमा यातायात सहज बनाउने प्रयास भइरहेको जनाएको छ। अवस्था परिवर्तन भएमा थप सूचना जारी गरिने बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सडक अवरूद्ध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।