Logo

२०८३, आश्विन ११गते


images
images

दुग्ध सहकारी अनुदान दुरुपयोग: रूकुम पश्चिमका नगरप्रमुखसहित ११ जनाविरुद्ध मुद्धा दायर

दुग्ध सहकारी अनुदान दुरुपयोग: रूकुम पश्चिमका नगरप्रमुखसहित ११ जनाविरुद्ध मुद्धा दायर

images
  • दुग्ध सहकारी अनुदान दुरुपयोग: रूकुम पश्चिमका नगरप्रमुखसहित ११ जनाविरुद्ध मुद्धा दायर
    images
    images

    काठमाडौँ । रूकुम पश्चिमको आठबीसकोट दुग्ध सहकारी संस्थालाई करोडौँ रुपैयाँको सरकारी अनुदान उपलब्ध गराउँदा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका नगरप्रमुखसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images
    images
    images

    अख्तियारका अनुसार आठबीसकोट दुग्ध सहकारी सञ्चालन गर्ने भन्दै लाखौँ रुपैयाँ अनुदान लिए पनि दुई वर्षसम्म सञ्चालन नगरिएको, सहकारीको नाममा प्राप्त सरकारी सवारीसाधन व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको भन्ने उजुरीपछि अनुसन्धान गरिएको थियो ।

    images
    images
    images

    अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७६/०७७ मा कर्णाली प्रदेश सरकारअन्तर्गतको दुग्ध व्यवसाय प्रवर्द्धन कार्यक्रमको कार्यविधिविपरीत मूल्याङ्कन गरी अनुदानका लागि अयोग्य रहेको आठबीसकोट दुग्ध सहकारी संस्थालाई चिस्यान केन्द्र निर्माणका लागि ९१ लाख १७ हजार अनुदान उपलब्ध गराइएको पाइएको अख्तियारले जनाएको छ ।

    images
    images
    images

    यस्तै, चिस्यान केन्द्र दुई वर्षसम्म सञ्चालनमा नआएको जानकारी हुँदाहुँदै आठबीसकोट नगरपालिकाले सोही सहकारीलाई ८० लाख २३ हजार बराबरको एउटा दूध बोक्ने ट्याङ्कर र दुईवटा एकल क्याब गाडीसमेत उपलब्ध गराएको, तर ती साधन प्रयोगविहीन अवस्थामा रहेको अनुसन्धानबाट खुलेको छ ।

    अख्तियारले यसरी सरकारी अनुदानको दुरुपयोग गराई सहकारीलाई गैरकानुनी लाभ र नेपाल सरकार, प्रदेश सरकार तथा नगरपालिकालाई हानि पुर्‍याएको निष्कर्ष निकाल्दै नगरप्रमुख रवी केसी, तत्कालीन तथा बहालवाला पशु सेवा कार्यालयका अधिकारीहरू, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा आठबीसकोट दुग्ध सहकारी संस्थाका अध्यक्ष जनक बटाला, उपाध्यक्ष वीरबहादुर रोकाय, सचिव गोविन्दप्रकाश खड्का र कोषाध्यक्ष जुन कुमारी चनेललगायत ११ जनाविरुद्ध आज विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।