Logo

२०८३, आश्विन ११गते


images
images

दुई इरानी महिला फुटबलरलाई अस्ट्रेलियाले दियो नागरिकता

दुई इरानी महिला फुटबलरलाई अस्ट्रेलियाले दियो नागरिकता

images
  • दुई इरानी महिला फुटबलरलाई अस्ट्रेलियाले दियो नागरिकता
    images
    images

    काठमाडौँ । इरानी सरकारको सार्वजनिक रूपमा विरोध गर्दै आएका दुई महिला फुटबल खेलाडीले अस्ट्रेलियाको नागरिकता प्राप्त गरेका छन् ।

    images
    images
    images

    ३४ वर्षीया अतिफेह रमजानिजादेह र २२ वर्षीया फातेमेह पसंदिदेहले अस्ट्रेलियाको क्वीन्सल्यान्डस्थित ब्रिस्बेनमा आयोजित समारोहमा नागरिकता पाएका हुन् ।

    images
    images
    images

    नागरिकता पाएपछि रमजानिजादेहले यो दिनलाई अत्यन्त विशेष र कहिल्यै नबिर्सने दिन भएको बताएकी छन् । उनकी सहकर्मी पसंदिदेहले पनि यो क्षण आफ्नो लागि शब्दले व्यक्त गर्न नसकिने बताएकी छन् ।

    images
    images
    images

    गत मार्चमा महिला एसियाली कपका क्रममा इरानको राष्ट्रिय टोलीका सात खेलाडीलाई मानवीय आधारमा अस्ट्रेलियामा बस्न अनुमति दिइएको थियो । तर तीमध्ये पाँच खेलाडीले पछि आफ्नो निर्णय परिवर्तन गर्दै इरान फर्किएका थिए ।

    अमेरिका, इजरायल र इरानबीच युद्ध सुरु भएको केही दिनपछि इरानी टोलीले पहिलो खेलअघि राष्ट्रिय गान गाउन अस्वीकार गरेको थियो । त्यसपछि खेलाडीहरू स्वदेश फर्किएमा कारबाही हुन सक्ने आशंका गरिएको थियो ।

    अस्ट्रेलियामा रहेका इरानी समुदायको दबाबपछि अधिकारीहरूले खेलाडीहरूलाई शरणका लागि आवेदन दिने अवसर दिएका थिए । अन्ततः रमजानिजादेह र पसंदिदेहले मात्र उक्त अवसर स्वीकार गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।