Logo

२०८३, आश्विन ११गते


images
images

ग्यासको समस्या समाधान गर्न र दैलेखको ग्यास उत्खनन तत्काल गर्न मन्त्री यादवको निर्देशन

ग्यासको समस्या समाधान गर्न र दैलेखको ग्यास उत्खनन तत्काल गर्न मन्त्री यादवको निर्देशन

images
  • ग्यासको समस्या समाधान गर्न र दैलेखको ग्यास उत्खनन तत्काल गर्न मन्त्री यादवको निर्देशन
    images
    images

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आज मात्रै सपथ ग्रहण गरी पदबहाली गरेका नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक नागेन्द्र शाहलाई देशभर देखिएको एलपी ग्यास अभाव तत्काल समाधान हुने गरी प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका छन् ।

    images
    images
    images

    सपथ ग्रहण तथा पदबहालीपछि मन्त्रीको कार्यकक्षमा भएको भेटवार्ताका क्रममा मन्त्री यादवले उपभोक्ताले कुनै पनि अवस्थामा ग्यास अभावका कारण सास्ती भोग्न नपर्ने वातावरण बनाउन जोड दिँदै अहिले देखिएको समस्या तत्काल समाधान गर्न आवश्यक सबै कदम चाल्न निर्देशन दिएका हुन् । उनले ग्यास आपूर्ति व्यवस्थालाई थप प्रभावकारी, नियमित र सहज बनाउन नेपाल आयल निगमले उच्च प्राथमिकताका साथ काम गर्नुपर्ने बताइन् ।

    images
    images
    images

    भेटका क्रममा मन्त्री यादवले दैलेखमा रहेको प्राकृतिक ग्यासको स्रोतलाई शीघ्र उत्खनन गरी व्यावसायिक उत्पादनमा लैजान र त्यसको प्रभावकारी बजारीकरणको प्रक्रिया अघि बढाउन समेत निर्देशन दिएकी थिइन् । स्वदेशी प्राकृतिक स्रोतको अधिकतम उपयोगमार्फत ऊर्जा क्षेत्रमा आत्मनिर्भरता बढाउने सरकारको लक्ष्य पूरा गर्न दैलेखको प्राकृतिक ग्यास परियोजनालाई तीव्र गतिमा अघि बढाउनुपर्ने उनको भनाइ थियो।

    images
    images
    images

    मन्त्री यादवले उपभोक्तामैत्री सेवा, सुशासन र स्वदेशी ऊर्जा स्रोतको अधिकतम उपयोगलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै नेपाल आयल निगमले त्यसअनुसार परिणाम देखिने गरी काम गर्नुपर्नेमा विशेष जोड दिइन् ।

    आज सपथ ग्रहणसँगै कार्यभार सम्हालेका कार्यकारी निर्देशक शाहले मन्त्रालयले दिएको निर्देशनलाई प्राथमिकताका साथ कार्यान्वयन गर्दै ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउने, संस्थागत सुशासन सुदृढ गर्ने तथा उपभोक्ताको विश्वास कायम राख्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।