Logo

२०८३, आश्विन ११गते


images
images

'सरकारको पाँच महिनाको काम हेर्दा जनतामा पश्चाताप शुरु भयो'

'सरकारको पाँच महिनाको काम हेर्दा जनतामा पश्चाताप शुरु भयो'

images
  • 'सरकारको पाँच महिनाको काम हेर्दा जनतामा पश्चाताप शुरु भयो'
    images
    images

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बालेन्द्र शाह नेतृत्वको सरकार पाँच महिनामै गलत बाटोमा हिडेको आरोप लगाएका छन् । 

    images
    images
    images

    बुधबार पत्रकार सम्मेलनमा बोल्दै विप्लवले विद्रोहपछि जनादेश प्राप्त सरकारले जनताको भावना, आकांक्षा र विशेषगरी जेनजीका अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका हुन् ।

    images
    images
    images

    विप्लवले भने- 'पाँच महिनाको अभ्यासमा सरकारको चालढाल हेर्दा जनतामा पश्चाताप सुरु हुन थालेको छ । बेचैनी बढेको छ । असन्तुष्टि, आक्रोश र एक प्रकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार बनेकोप्रति गम्भीर प्रश्न उठ्न थालेका छन् । बालेन सरकारप्रति मानिसका धारणाहरू पनि उल्टिन थालेका छन् ।’

    images
    images
    images

    विप्लवले नयाँ पुस्तामा असन्तुष्टि बढ्दै गएको दाबी गर्दै जेनजी विद्रोहीहरूले पुनः सडकबाट आफ्ना आवाज उठाउन थालेको दाबि गर्दै देशमा फेरि आन्दोलन, संघर्ष र विद्रोहको वातावरण बन्दै गएको बताए ।

    सुरुमा सरकारले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने छनक दिएको बताउदै विप्लवले एक सातामै राज्य भ्रष्टाचारीविरुद्ध होइन, जनताविरुद्ध दमनमा उत्रिएको बताए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।