Logo

२०८३, आश्विन ११गते


images
images

मुस्ताङमा रातिको समयमा सवारी सञ्चालनमा रोक

मुस्ताङमा रातिको समयमा सवारी सञ्चालनमा रोक

images
  • मुस्ताङमा रातिको समयमा सवारी सञ्चालनमा रोक
    images
    images

    मुस्ताङ । लगातार सक्रिय मनसुनका कारण मुस्ताङसहित आसपासका क्षेत्रमा भारी तथा मध्यम वर्षा भइरहेका बेला बाढी र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङले रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ।

    images
    images
    images

    प्रशासनका अनुसार साउन १६ गते रातिदेखि मुस्ताङ जिल्ला तथा आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । वर्षासँगै कालीगण्डकी नदी तथा अन्य खोलाहरूको जलसतह बढ्दै गएको छ । यसका कारण कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडकखण्डमा पर्ने काभ्रेभिरदेखि जोमसोम तथा जोमसोमदेखि लोमान्थाङ सडकखण्डमा बाढी र पहिरोको जोखिम उच्च बनेको जनाएको छ ।

    images
    images
    images

    जिल्ला सुरक्षा समितिको साउन १९ गतेको निर्णयअनुसार साउन १९, २० र २१ गते बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा कुनै पनि सवारी साधन सञ्चालन नगर्न तथा नगराउन निर्णय गरिएको हो ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालयले तोकिएको अवधिमा सवारी सञ्चालन नगर्न सबै सरोकारवालासँग आग्रह गर्दै यात्रा गर्नै परे उच्च सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।