Logo

२०८३, आश्विन ११गते


images
images

सुनवलमा ‘धर्म जागरण शिर्वाचना तथा श्रृङ्गारिक महाआरती’ हुने

सुनवलमा ‘धर्म जागरण शिर्वाचना तथा श्रृङ्गारिक महाआरती’ हुने

images
  • सुनवलमा ‘धर्म जागरण शिर्वाचना तथा श्रृङ्गारिक महाआरती’ हुने
    images
    images

    नवलपरासी । नवलपरासीको सुनवल नगरपालिका–८ स्थित वैरागनाथ मन्दिरमा मन्दिर पूर्वाधार विकास सहयोगार्थ ‘धर्म जागरण शिर्वाचना तथा श्रृङ्गारिक महाआरती–२०८३’ आयोजना हुने भएको छ । श्रावण महिनाको अवसर पारेर महाआरती गर्न लागिएको जनाइएको छ । 

    images
    images
    images

    वैरागनाथ मन्दिर व्यवस्थापन समितिको आयोजनामा श्रावण २८ गतेदेखि भदौ ४ गतेसम्म सञ्चालन हुने धार्मिक कार्यक्रममा शोभा कलशयात्रा, श्रीमद्भागवत कथावाचन, संगीतमय भजन–कीर्तन, श्रृङ्गारिक महाआरती तथा विभिन्न वैदिक अनुष्ठान गरिने आयोजकले जनाएको छ ।

    images
    images
    images

    कार्यक्रमको उद्घाटन श्रावण २८ गते बिहान ११ः३० बजे हुनेछ । सोही दिन बिहान ८ः३० बजे शोभा कलशयात्रा निकालिने र त्यसै दिनदेखि श्रीमद्भागवत कथाको शुभारम्भ गरिनेछ ।

    images
    images
    images

    आयोजकका अनुसार प्रत्येक दिन बिहान ७ बजेदेखि यज्ञमण्डप पूजा, बेलपत्र तथा रुद्राक्ष अर्पण, बिहान ८ बजेदेखि पाठ पारायण, ११ बजेदेखि अपराह्न ४ बजेसम्म संगीतमय श्रीमद्भागवत कथावाचन, राष्ट्रियस्तरका कलाकारद्वारा झाँकीसहित भजन–कीर्तन तथा त्यसपछि प्रसाद वितरण गरिनेछ । प्रत्येक साँझ ७ बजेदेखि श्रृङ्गारिक महाआरती र भजन–कीर्तन सञ्चालन हुनेछ । कार्यक्रमको समापन भदौ ४ गते पूर्णाहुति तथा यज्ञ समापनसँगै गरिनेछ ।

    कार्यक्रममा भक्तजनको इच्छाअनुसार ग्रहशान्ति, रुद्राभिषेक, लक्ष्यवर्ती तथा अन्य वैदिक कर्मकाण्डसमेत गरिने जनाइएको छ । यसका लागि विभिन्न सेवा–दानका शीर्षकमा निश्चित सहयोग रकमसमेत निर्धारण गरिएको आयोजकले जनाएको छ ।

    आयोजकका अनुसार कार्यक्रमबाट संकलन हुने रकम वैरागनाथ मन्दिरको पूर्वाधार विकासमा खर्च गरिनेछ ।  कार्यक्रममा कथावाचक पण्डित चन्द्रकान्त काफ्लेबाट संगीतमय श्रीमद्भागवत कथा वाचन हुनेछ ।

    वैरागनाथ मन्दिर सत्ययुगकालीन धार्मिक महत्व बोकेको स्थल मानिन्छ । श्रावण महिना, महाशिवरात्रि तथा अक्षय तृतीयाका अवसरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट हजारौं भक्तजन दर्शन र पूजाआजाका लागि यहाँ पुग्ने गरेका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।