Logo

२०८३, आश्विन ११गते


images
images

सेभेन स्टार र देवदह मेडिकल कलेजबीच सहकार्य, विद्यार्थीदेखि शेयरधनीसम्मलाई स्वास्थ्य सेवामा छुट

सेभेन स्टार र देवदह मेडिकल कलेजबीच सहकार्य, विद्यार्थीदेखि शेयरधनीसम्मलाई स्वास्थ्य सेवामा छुट

images
  • सेभेन स्टार र देवदह मेडिकल कलेजबीच सहकार्य, विद्यार्थीदेखि शेयरधनीसम्मलाई स्वास्थ्य सेवामा छुट
    images
    images

    देवदह । सेभेन स्टार इङ्ग्लिस बोर्डिङ स्कुल, देवदह–२ ढेकवारले आफ्ना विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका तथा शेयरधनीका लागि स्वास्थ्य सेवामा सहुलियतको लागि देवदह मेडिकल कलेज भलुहीसँग सहकार्य गरेको छ । मंगलबार एक कार्यक्रम बीच मेडिकल कलेजका अध्यक्ष गोपालबहादुर पोखरेल र विद्यालयका प्रिन्सिपल टीकाराम चापागाईंले सम्झौता पत्रमा हस्ताक्षर गरे ।   

    images
    images
    images

    सम्झौताअनुसार मन्टेसरीदेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थी, उनीहरूका अभिभावक, शिक्षक–शिक्षिका तथा शेयरधनीले देवदह मेडिकल कलेज तथा अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउनेछन् ।

    images
    images
    images

    जसअन्तरगत ओपीडी टिकटमा ५० प्रतिशत, सामान्य बेड शुल्क (केबिनबाहेक) मा २५ प्रतिशत, आईसीयू, एनआईसीयू तथा पीआईसीयू सेवामा १० प्रतिशत छुट प्रदान गरिनेछ । त्यसैगरी शल्यक्रिया तथा सर्जिकल उपचार, प्याथोलोजी ल्याब सेवा र रेडियोलोजी सेवा (सिटी स्क्यान तथा एमआरआई सहित) मा १५ प्रतिशत तथा ड्रेसिङ, खोपलगायत अन्य सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    सेभेन स्टारसँग आबद्ध सदस्यका आश्रित परिवारका सदस्यहरूले समेत तोकिएका स्वास्थ्य सेवामा सम्झौतामा उल्लेख गरिएबमोजिम छुट सुविधा पाउने विद्यालयले जनाएको छ ।

    छुट सुविधा प्राप्त गर्न विद्यार्थीले विद्यालयले जारी गरेको विद्यार्थी परिचयपत्र तथा शिक्षक–शिक्षिका र शेयरधनीले विद्यालयबाट जारी गरिएको आधिकारिक परिचयपत्र अस्पतालमा प्रस्तुत गर्नुपर्ने जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।