Logo

२०८३, आश्विन ११गते


images
images

हर्क साम्पाङको प्रश्न- सेनाका नाममा समुह गठन गर्ने छुट कसले दियो ?

हर्क साम्पाङको प्रश्न- सेनाका नाममा समुह गठन गर्ने छुट कसले दियो ?

images
  • हर्क साम्पाङको प्रश्न- सेनाका नाममा समुह गठन गर्ने छुट कसले दियो ?
    images
    images

    काठमाडौं । श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले हिन्दु सम्राट सेनासँग सरकारले गरेको सहमतिप्रति प्रश्न उठाउदै देशमा सेनाका नाममा समुह गठन गर्ने छुट दिन नहुने बताएका छन् ।

    images
    images
    images

    प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले सेना गठन गर्न गर्ने अनुमति कसले दिएको हो भन्दै यसका मापदण्ड र क-कसले सेना गठन पाउने हो भन्दै प्रश्न गरेका छन् । 

    images
    images
    images

    सांसद साम्पाङले देशमा एउटै मात्र सेना रहनु पर्छ भन्ने हो भने सरकारले विभिन्न नाममा रहेका सेनालाई निषेध गर्नुपर्ने बताउदै त्यस्ता सेना नामका समूहहरुसँग सरकारले वार्ता पनि गर्न नहुने धारणा राखेका थिए । 

    images
    images
    images

    उनले गत साउन ५ गते आफुलाई जनकपुरमा अवरोध गरिएको भन्दै लोकतन्त्रमा आफ्नै देशमा जादा पनि अवरोध गरिएको र आफ्ना कार्यकर्तालाई जनकपुरमा अज्ञात समूहले हातपात समेत गरेको बताए । उनले सो घटनाबारे गृहमन्त्रीलाई फोन गरेरै जानकारी गराएपनि अहिलेसम्म कारवाहीको प्रक्रिया शुरु नभएको बताएका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।