Logo

२०८३, आश्विन ९गते


images
images

मोदीको गुनासो: जन्तरमन्तरमा आफू र स्वर्गीय आमालाई अपशब्द प्रयोग गरियो

मोदीको गुनासो: जन्तरमन्तरमा आफू र स्वर्गीय आमालाई अपशब्द प्रयोग गरियो

images
  • मोदीको गुनासो: जन्तरमन्तरमा आफू र स्वर्गीय आमालाई अपशब्द प्रयोग गरियो
    images
    images

    काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो सन्देश जारी गर्दै देशका युवाहरुसँग मिलेर काम गर्ने बताएका छन् । 

    images
    images
    images

    जन्तरमन्तरमा भएको घटनाको प्रसङ्ग उठाउँदै उनले आफू र आफ्नी स्वर्गीय आमाप्रति अपमानजनक शब्द प्रयोग गरिएको भए पनि ती युवालाई सजाय होइन, क्षमा र सही मार्गदर्शन दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

    images
    images
    images

    भिडियो सन्देशमा प्रधानमन्त्री मोदीले जन्तरमन्तरमा भएको घटनालाई देश र विश्वले देखेको उल्लेख गर्दै केही युवाले सभ्य समाजले स्वीकार गर्न नसक्ने भाषा प्रयोग गरेको बताए । उनले आफू र आफ्नी स्वर्गीय आमालाई समेत अपशब्द प्रयोग गरिएको स्मरण गराउँदै यस घटनालाई फरक दृष्टिकोणबाट हेर्नुपर्ने बताए ।

    images
    images
    images

    उनले बाल्यकाल र किशोरावस्थामा गल्ती हुनु स्वाभाविक भएको उल्लेख गर्दै त्यही उमेरमा सुधारको अवसर पनि हुने बताए । घटनाप्रति समाजमा आक्रोश रहेको स्वीकार गर्दै उनले यस्ता युवालाई समाजबाट अलग पार्नु वा तिरस्कार गर्नुको सट्टा सही बाटो देखाउन आवश्यक रहेको बताए ।

    प्रधानमन्त्री मोदीले भड्किएका युवालाई अदालत धाउन बाध्य बनाउने वा सामाजिक रूपमा अपमानित गर्ने कार्यले समस्या समाधान नहुने बताए। उनले आफू ती युवालाई क्षमा गर्न चाहेको उल्लेख गर्दै समाजलाई पनि त्यही भावना अपनाउन आग्रह गरे ।

    आफ्नो धारणा स्पष्ट पार्दै उनले दाँतले जिब्रो टोकिए पनि दाँत नफालिने उदाहरण दिए। उनका अनुसार दाँत र जिब्रो दुवै आफ्नै अंग भएजस्तै ती युवा पनि समाजकै हिस्सा भएकाले उनीहरूलाई सही दिशामा लैजानु सबैको दायित्व हो ।

    प्रधानमन्त्री मोदीले युवालाई आफ्ना गल्तीबाट सिकेर देशको विकासमा सक्रिय सहभागी हुन आग्रह गरे । उनले भारत तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै युवाको भविष्य उज्ज्वल रहेको र प्रत्येक युवाले सफलता हासिल गर्दै देशलाई नयाँ उचाइमा पुर्‍याओस् भन्ने आफ्नो चाहना रहेको बताए ।

    पछिल्ला नौ दिनमा प्रधानमन्त्री मोदीले इन्स्टाग्राममार्फत सार्वजनिक गरेको यो पाँचौं भिडियो सन्देश हो । यसअघिका भिडियोहरूमा उनले प्रश्नपत्र चुहावटविरुद्ध कडा कानुन, परीक्षा सञ्चालन गर्ने निकायमा सुधारका लागि कार्यदल गठनलगायत विषयमा आफ्ना धारणा सार्वजनिक गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।