Logo

२०८३, आश्विन ११गते


images
images

टिभी प्रसारण नेटवर्क बन्द गरी अनलाइनमा सीमित हुँदै बीबीसी

टिभी प्रसारण नेटवर्क बन्द गरी अनलाइनमा सीमित हुँदै बीबीसी

images
  • सेतोमसी सहकर्मी
  • टिभी प्रसारण नेटवर्क बन्द गरी अनलाइनमा सीमित हुँदै बीबीसी
    images
    images

    काठमाडौं । अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले आफ्नो प्रशारणका नेटवर्क बन्द गरेर अनलाइनबाट मात्र आफ्नो सेवा दिने तयारी गरिरहेको छ । बीबीसीले आफ्नो दुई टेलिभिजन नेटवर्क बन्द गरेर उक्त नेटवर्कको सामग्रीलाई कम्पनीको स्ट्रिमिङ प्लेटफर्म बीबीसी आईप्लेयरमा लैजाने तयारी गरेको हो ।

    images
    images
    images

    बीबीसीले ‘डिजिटल फस्ट’ योजना अन्तर्गत यो कदम चाल्न लागेको जनाइएको छ । यस योजना अन्तर्गत कम्पनीले आफ्नो कला र वृत्तचित्र सम्बन्धी नेटवर्क बीबीसी फोर र बालबालिका लक्षित सीबीबीसी नेटवर्क केही वर्षभित्र नै बन्द गर्ने बताइएको छ ।

    images
    images
    images

    यी नेटवर्कहरूमा प्रशारण हुने सामग्रीहरू उत्पादन गरी बीबीसी आईप्लेयर मार्फत उपलब्ध गरिने समेत जनाइएको छ । यो कहिलेदेखि बन्द हुन्छ भन्ने विषयमा कम्पनीले आधिकारिक मिति भने दिएको छैन ।

    images
    images
    images

    कम्पनीले आफ्नो खर्च कटौतीका लागि यो कदम उठाएको हो । बेलायती सरकारले टेलिभिजन हेर्नको लागि पनि कर उठाउने भएपछि धेरैजसो मानिसहरूले टेलिभिजन नै हेर्न छोडिसकेका छन् । यसले गर्दा टेलिभिजनको दर्शक घटेको छ ।

    अर्कोतिर प्रयोगकर्ताहरू अनलाइनतिर अभ्यस्त भइसकेका छन् । त्यो हिसाबले पनि बीबीसीले अब नेटवर्कहरू बन्द गरेर अनलाइन प्रशारणलाई प्राथमिकता दिने बताएको छ ।

    टेकपानाबाट

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बीबीसी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।