Logo

२०८३, श्रावण २७गते


images
images

होर्मुज हुँदै चल्ने जहाजमा भारतीय नाविकको नयाँ नियुक्ति रोक्न भारत सरकारको निर्देशन

होर्मुज हुँदै चल्ने जहाजमा भारतीय नाविकको नयाँ नियुक्ति रोक्न भारत सरकारको निर्देशन

images
  • होर्मुज हुँदै चल्ने जहाजमा भारतीय नाविकको नयाँ नियुक्ति रोक्न भारत सरकारको निर्देशन
    images
    images

    काठमाडौँ । खाडी क्षेत्रमा बढ्दो सुरक्षा जोखिमलाई मध्यनजर गर्दै भारत सरकारले अर्को आदेश नभएसम्म होर्मुज जलडमरूमध्य हुँदै सञ्चालन हुने जहाजमा भारतीय नाविकको नयाँ नियुक्तिमा रोक लगाएको छ।

    images
    images
    images

    यो निर्णय जहाज मालिक, जहाज व्यवस्थापन कम्पनी तथा नाविक भर्ती गर्ने अनुमति प्राप्त भर्ती तथा नियुक्ति सेवा प्रदायक कम्पनीहरूमा लागू हुने जनाइएको छ ।

    images
    images
    images

    भारत सरकारले सबै समुद्री कम्पनीलाई अरबको खाडी, होर्मुज जलडमरूमध्य तथा आसपासका समुद्री क्षेत्रमा विशेष सतर्कता अपनाउन निर्देशन दिएको छ । साथै नौवहनसम्बन्धी सबै सुरक्षा चेतावनी र परामर्शलाई निरन्तर निगरानी गर्न तथा अन्तर्राष्ट्रिय जहाज र बन्दरगाह सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आग्रह गरिएको छ ।

    images
    images
    images

    सरकारको यो निर्णय यसै साताको सुरुवातमा होर्मुज जलडमरूमध्य र आसपासका क्षेत्रमा भएको इरानी आक्रमणमा दुई भारतीय नाविकको मृत्यु भएपछि आएको हो। अमेरिका-इरान तनावपछि यस समुद्री मार्गमा आक्रमणको जोखिम बढ्दै गएको छ। विभिन्न सञ्चारमाध्यमका अनुसार फेब्रुअरी २८ यता यस क्षेत्रमा भएका आक्रमणमा कम्तीमा १४ भारतीय नाविकले ज्यान गुमाइसकेका छन्।

    यद्यपि विदेशी जलयान कम्पनीहरूले भारतबाहिरबाट नाविक भर्ती गरेको अवस्थामा भने भारत सरकारको यो निर्णय उनीहरूमा प्रत्यक्ष रूपमा लागू नहुने बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # होर्मुज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।