Logo

२०८३, आश्विन ९गते


images
images

अमेरिका र इरानको होर्मुजमाथि नियन्त्रणको दाबि, सैन्य तनाव थप चुलियो

अमेरिका र इरानको होर्मुजमाथि नियन्त्रणको दाबि, सैन्य तनाव थप चुलियो

images
  • अमेरिका र इरानको होर्मुजमाथि नियन्त्रणको दाबि, सैन्य तनाव थप चुलियो
    images
    images

    काठमाडौँ । होर्मुज जलडमरूमध्यको नियन्त्रणलाई लिएर अमेरिका र इरानले एकअर्काविरुद्ध दाबी गरेपछि मध्यपूर्वमा तनाव थप बढेको छ । दुवै देशले सोमबार उक्त रणनीतिक समुद्री मार्ग आफ्नो नियन्त्रणमा रहेको दाबी गरेका हुन् ।

    images
    images
    images

    अमेरिकाले होर्मुज जलडमरूमध्य अन्तर्राष्ट्रिय समुद्री मार्ग भएकाले त्यहाँबाट आवतजावत गर्ने जहाजहरूको सुरक्षा आफ्ना सेनाले सुनिश्चित गरिरहेको जनाएको छ । उता इरानले भने उक्त जलडमरूमध्य आफ्नो नियन्त्रणमा रहेको र त्यहाँ कुनै पनि विदेशी सैन्य हस्तक्षेप स्वीकार नगर्ने चेतावनी दिएको छ ।

    images
    images
    images

    यसैबीच इरानले कुवेतस्थित दुई सैन्य हवाई अड्डामा आक्रमण गरेको दाबी गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले आफ्नो एरोस्पेस फोर्सले अली अल-सलेम हवाई अड्डामा रहेका इन्धन भण्डारण ट्याङ्की र ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणाली पूर्ण रूपमा नष्ट गरेको जनाएको छ । साथै अहमद अल-जाबेर हवाई अड्डामा रहेको रणनीतिक रडार प्रणालीलाई पनि निशाना बनाइएको दाबी गरिएको छ । गार्ड कोर्प्सले होर्मुज जलडमरूमध्यमा विदेशी सैन्य गतिविधि निरन्तर हुन नदिने चेतावनीसमेत दिएको छ ।

    images
    images
    images

    इरानले बहराइनस्थित शेख इसा हवाई अड्डामा पनि आक्रमण गरेको दाबी गरेको छ । गार्ड कोर्प्सका अनुसार हेलिकोप्टर मर्मत केन्द्र, ‘पी–८’ सैन्य विमान राख्ने ह्याङ्गर तथा अमेरिकी सेनाको ड्रोन नियन्त्रण केन्द्रलाई लक्षित गरी आक्रमण गरिएको हो ।

    इरानले यी कारबाही आफूविरुद्ध भइरहेका अमेरिकी सैन्य आक्रमणको जवाफस्वरूप गरिएको जनाएको छ । यद्यपि अमेरिका वा बहराइनले यसबारे तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। घटनासँग सम्बन्धित भनिएको एक भिडियो भने सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ ।

    यसैबीच इरानी समाचार संस्था ‘मेहर’का अनुसार अमेरिकाले इरानको खुजेस्तान प्रान्तमा हवाई आक्रमण गरेको छ । प्रान्तका उपप्रमुख वलियोल्लाह हयातीका अनुसार अहवाज सहर नजिक आक्रमण गरिएको हो। त्यसबाट भएको क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ ।

    इराकसँग सीमा जोडिएको खुजेस्तान प्रान्त इरानको सबैभन्दा ठूलो तेल तथा ग्यास उत्पादन केन्द्र मानिन्छ। सन् १९८० देखि १९८८ सम्म भएको इरान–इराक युद्धका सबैभन्दा भीषण लडाइँ पनि यही क्षेत्रमा भएका थिए। त्यसैले यसको सैन्य तथा आर्थिक महत्व अत्यन्त उच्च रहेको छ।

    अमेरिका र इरानबीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि उकालो लागेको छ। सोमबार एसियाली कारोबारका क्रममा ब्रेन्ट कच्चा तेलको मूल्य ३.३ प्रतिशत बढेर प्रतिव्यारेल ७८.४९ अमेरिकी डलर पुगेको रोयटर्सले जनाएको छ ।

    विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्यबाट सन् २०२४ मा समुद्री मार्गबाट हुने विश्वको कच्चा तेल व्यापारको एक चौथाइभन्दा बढी हिस्सा र विश्व पेट्रोलियम खपतको करिब पाँचौं हिस्सा ओसारपसार भएको थियो। विश्वको करिब २० प्रतिशत तरलीकृत प्राकृतिक ग्यास पनि यही मार्ग हुँदै निर्यात हुने गरेको छ।

    प्रतिवेदनअनुसार यस मार्गमा कुनै अवरोध उत्पन्न भए सबैभन्दा बढी असर एसियाली मुलुकहरूमा पर्नेछ। सन् २०२४ मा होर्मुज हुँदै ढुवानी गरिएको तरलीकृत प्राकृतिक ग्यासमध्ये ८३ प्रतिशत एसियाली बजारका लागि पठाइएको थियो। तीमध्ये चीन, भारत र दक्षिण कोरियाले मात्रै ५२ प्रतिशत हिस्सा ओगटेका थिए।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।