Logo

२०८३, श्रावण २७गते


images
images

अन्तर्राष्ट्रिय

इरानसँगको युद्धविराम समझदारी समाप्त भएको ट्रम्पको घोषणा

इरानसँगको युद्धविराम समझदारी समाप्त भएको ट्रम्पको घोषणा

images
  • इरानसँगको युद्धविराम समझदारी समाप्त भएको ट्रम्पको घोषणा
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविरामसम्बन्धी समझदारी अब समाप्त भइसकेको भन्दै अब तेहरानसँग कुनै नयाँ सम्झौता नगर्ने बताएका छन् ।

    images
    images
    images

    उत्तर एटलान्टिक सन्धि संगठन- नाटोको शिखर सम्मेलनका क्रममा ट्रम्पले अमेरिकाले अघिल्लो रात इरानमा शक्तिशाली हवाई आक्रमण गरेको दाबी गर्दै खतरनाक लक्ष्यहरूलाई निशाना बनाइएको बताए । उनले इरानले फेरि आक्रमण गरे अमेरिका त्यसको कडा जवाफ दिन तयार रहेको चेतावनी पनि दिए ।

    images
    images
    images

    ट्रम्पका अनुसार अमेरिकाको मुख्य उद्देश्य इरानको आणविक कार्यक्रम समाप्त गर्नु रहेको र उत्तर एटलान्टिक सन्धि संगठनप्रति असन्तुष्टि जनाउँदै इरानविरुद्धको कारबाहीमा अमेरिकालाई पर्याप्त साथ नदिएको आरोप लगाए ।

    images
    images
    images

    यसअघि अमेरिकी केन्द्रीय सैन्य कमान्डले इरानका ८० भन्दा बढी सैन्य ठेगानामा हवाई आक्रमण गरिएको जनाएको थियो । अमेरिकाले होर्मुज जलडमरूमध्यमा व्यावसायिक जहाजमाथि भएका आक्रमणको जवाफस्वरूप उक्त कारबाही गरिएको दाबी गरेको छ ।

    ट्रम्पले होर्मुज जलडमरूमध्यमा भएका आक्रमणपछि इरानले युद्धविरामका सर्त उल्लङ्घन गरेकाले त्यससम्बन्धी समझदारी अब प्रभावहीन भएको बताएका छ न्।

    अमेरिकी सेनाका अनुसार आक्रमणका क्रममा इरानका हवाई प्रतिरक्षा प्रणाली, सैन्य कमान्ड केन्द्र, तटीय रडार, जहाजविरोधी क्षेप्यास्त्र प्रणाली, मानवरहित विमान प्रक्षेपण स्थल तथा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका ६० भन्दा बढी सैन्य जलयानलाई निशाना बनाइएको थियो। सिरिक, केश्म र बन्दर अब्बास क्षेत्र मुख्य आक्रमणको केन्द्र रहेका अमेरिकी पक्षको दाबी छ ।

    यद्यपि इरानले अमेरिकी दाबीबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन । साथै, यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इरान
  • # ट्रम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।