Logo

२०८३, कार्तिक २७गते


images
images

प्रवासी नेपाली एकता समाज, यूएईको अध्यक्षमा नारायण आचार्य सर्वसम्मत

प्रवासी नेपाली एकता समाज, यूएईको अध्यक्षमा नारायण आचार्य सर्वसम्मत

images
  • प्रवासी नेपाली एकता समाज, यूएईको अध्यक्षमा नारायण आचार्य सर्वसम्मत
    images

    दुबई । यूनाइटेड अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीहरूको संस्था प्रवासी नेपाली एकता समाज, यूएईको तेस्रो अधिवेशनले नारायण आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

    images
    images
    images

    मंगलवार सम्पन्न अधिवेशनले सन् २०२६–२०३० का लागि नयाँ नेतृत्व चयन गर्दै प्रवासी नेपालीबीच एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा यूएईका विभिन्न स्थानबाट आएका नेपाली समुदाय, सामाजिक तथा धार्मिक संघसंस्थाका प्रतिनिधि, पत्रकार, व्यवसायी र समाजसेवीको सहभागिता रहेको जनाइएको छ ।

    images
    images
    images

    कार्यक्रमको अध्यक्षता तत्कालीन कार्यवाहक अध्यक्ष नारायण आचार्यले गरेका थिए भने प्रमुख अतिथिका रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तोयानाथ लम्साल सहभागी थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिले शुभकामना व्यक्त गर्दै यूएईमा रहेका नेपालीलाई एकताबद्ध बनाउन संस्थाले अझ सक्रिय भूमिका खेल्नुपर्ने बताएका थिए ।

    images
    images

    प्रमुख अतिथि लम्सालले विदेशमा रहेका नेपालीले रेमिट्यान्ससँगै नेपालको भाषा, संस्कृति र पहिचानलाई पनि अन्तर्राष्ट्रिय स्तरमा चिनाइरहेको उल्लेख गर्दै प्रवासी नेपालीका संस्थाहरू थप सक्रिय हुनुपर्ने बताए ।

    निर्वाचन समिति संयोजक गोपालप्रसाद पराजुलीले सम्पूर्ण पदाधिकारी सर्वसम्मत चयन भएको घोषणा गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।