सुरज श्रेष्ठ । पर्साको वीरगञ्ज महानगरपालिका–१० बालमन्दिरस्थित मतदान केन्द्र बाहिर मतदातालाई वितरण गर्न राखिएको दुई बोरा छाता प्रहरीले बरामद गरेको छ ।जनता समाजवादी पार्टी (जसपा)को चुनाव चिह्न छाता हो ।
मतदान गर्न आएका मतदातालाई छाता दिँदै भोट मागेपछि अन्य पार्टीका उम्मेदवारले विरोध गरेका थिए । प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय विर्ताको टोलीले जसपाको बुथ कमिटीबाट दुई बोरा छाता नियन्त्रणमा लिएको हो ।
यसैगरी, वडा नम्बर ८ रात्रि मा•बिी मा समेत छाता वितरण गर्दा दुई पक्षबीच विवाद भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology