Logo

२०८३, आश्विन ९गते


images
images

एन्जेलिनाकी छोरी जहाराले आफ्नो नामबाट बाबुको थर 'पिट' हटाउदै

एन्जेलिनाकी छोरी जहाराले आफ्नो नामबाट बाबुको थर 'पिट' हटाउदै

images
  • एन्जेलिनाकी छोरी जहाराले आफ्नो नामबाट बाबुको थर 'पिट' हटाउदै
    images
    images

    काठमाडौँ । हलिवुड अभिनेत्री एन्जेलिना जोली र ब्राड पिटकी छोरी जहाराले आफ्नो नामबाट बाबुको थर हटाउने निर्णय गरेकी छन् । अदालतका कागजातअनुसार २१ वर्षीया जहाराले आधिकारिक रूपमा 'पिट' थर हटाउन निवेदन दिएकी हुन् ।

    images
    images
    images

    यो निवेदन अप्रिल २८ मा क्यालिफोर्नियामा दर्ता गरिएको थियो, जुन अहिले सार्वजनिक भएको हो । यो कदम उनीहरूका परिवारमा नाम परिवर्तन गर्ने तेस्रो घटना बनेको छ । यसअघि २४ वर्षका जेठा दाइ म्याडक्सले पनि यस्तै प्रक्रिया अघि बढाएका थिए भने २० वर्षीया शाइलाले २०२४ मा नै आफ्नो नामबाट पिट थर हटाइसकेकी थिइन् ।

    images
    images
    images

    यो सबै घटनाहरू एन्जेलिना जोली र ब्राड पिटबीच २०१६ मा भएको सम्बन्ध विच्छेदपछि देखिएका हुन् । उनीहरूको सम्बन्ध विच्छेद प्रक्रिया लामो समयपछि २०२४ डिसेम्बरमा औपचारिक रूपमा टुंगिएको थियो । उनीहरू २०१४ मा विवाह बन्धनमा बाँधिनुअघि एक दशकभन्दा बढी समय सँगै रहेका थिए ।

    images
    images
    images

    जोली र पिटका छ जना सन्तान छन्— म्याडक्स, प्यास, जहारा, शाइला र १७ वर्षका जुम्ल्याहा नक्स र भिभियन ।

    सन् २०२४ जुलाईमा ब्राड पिटको उनका वयस्क सन्तानसँग लगभग कुनै सम्पर्क छैनन् र एन्जेलिना जोलीसँग धेरैजसो समय सन्तानहरू बस्छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।