Logo

२०८३, भाद्र १गते


images
images

परराष्ट्रमन्त्री खनाल र बेलायतका रक्षामन्त्री जोन हिलीबीच भर्चुअल वार्ता

परराष्ट्रमन्त्री खनाल र बेलायतका रक्षामन्त्री जोन हिलीबीच भर्चुअल वार्ता

images
  • परराष्ट्रमन्त्री खनाल र बेलायतका रक्षामन्त्री जोन हिलीबीच भर्चुअल वार्ता
    images
    images

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका रक्षामन्त्री जोन हिली तथा भूतपूर्व सैनिक तथा जनसम्बन्धसम्बन्धी मन्त्री लुइस स्यान्डर जोन्सबीच आज भर्चुअल वार्ता भएको छ ।

    images
    images
    images

    बैठकमा बेलायती गोरखा सैनिकहरूको लामो समयदेखि समाधान हुन नसकेको समस्या र विशेषगरी समानुपातिक पेन्सनको माग प्रमुख रूपमा उठाइएको थियो । मन्त्री खनालले नेपाल–बेलायत सम्बन्धमा गोरखा सैनिकहरूको योगदान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको समस्याको छिटो, न्यायोचित र दुवै पक्षलाई स्वीकार्य समाधान आवश्यक रहेको बताए । उनले न्याय, समानता र सम्मानको दृष्टिकोणबाट यी विषय टुंग्याउन बेलायती सरकारलाई आग्रह गरे ।

    images
    images
    images

    बेलायतका तर्फबाट रक्षा मन्त्रालय प्रमुख जोन हिलीको प्रतिनिधित्व गर्दै भूतपूर्व सैनिक तथा जनसम्बन्धसम्बन्धी मन्त्री लुइस स्यान्डर जोन्सले बेलायती गोरखा पूर्वसैनिकका विषयमा नेपालसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    बैठकमा परराष्ट्र सचिव अमृत बहादुर राईसहित परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको सहभागिता थियो । 

    बेलायती पक्षबाट सांसद तथा नेपालसम्बन्धी सर्वदलीय समूहका अध्यक्ष एलेक्स बेकर र बेलायती रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीहरू उपस्थित थिए । साथै बेलायती गोरखा संगठनका प्रतिनिधिहरू पनि सहभागी भएका थिए ।

    यसअघि आजै मन्त्री खनालले बेलायतमा रहेका गोरखा पूर्वसैनिकका प्रतिनिधिहरूसँग पनि छुट्टै अनलाइन छलफल गरेका थिए । यो बैठक लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक प्रमुख बिपिन दुवाडीको समन्वय र सहजीकरणमा सम्पन्न भएको हो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।