Logo

२०८३, आश्विन १०गते


images
images

देवदह क्रिकेट कप

देवदह क्रिकेट कप-२०८३ को उपाधि वडा नम्बर ७ ए लाई

देवदह क्रिकेट कप-२०८३ को उपाधि वडा नम्बर ७ ए लाई

images
  • देवदह क्रिकेट कप-२०८३ को उपाधि वडा नम्बर ७ ए लाई
    images
    images

    देवदह । देवदह क्रिकेट कप-२०८३ को उपाधि वडा नम्बर ७ ए ले हात पारेको छ । बुधवार डिसियू क्रिकेट मैदानमा सम्पन्न फाइनल प्रतिष्पर्धामा वडा नं १२ लाई १३४ रनको विशाल अन्तरले पराजित गर्दै ७ ए ले उपाधि हात पारेको हो ।

    images
    images
    images

    प्रतियोगितामा टस जितेर वडा नं १२ ले दिएको व्याटिङ्को निम्तोलाई स्वीकारेको वडा नम्बर ७ ए ले पुरा २० ओभर खेल्दै २०३ रनको योगफल तयार पार्यो । ७ ए का लागि सुमन पाण्डेले ३९ बलमा ८६ रनको योगदान गरे । यस्तै बिनोद क्षेत्रीले ४२ बलमा ५१ रन तथा सुरज खड्काले २२ बल खेल्दै ३४ रन जोडे । वडा नम्बर १२ का घनश्याम लोधले ४ ओभर बलिङ्ग गर्दै २ विकेट हात पारे भने रन्जित केवटले एक विकेट लिए ।

    images
    images
    images

    जवाफमा २०४ रनको विशाल लक्ष्य सहित मैदानमा उत्रिएको वडा नं १२ ६९ रनमा समेटिन पुग्यो । १२ का लागि महेश मल्लाहले २७ र अजय ले १६ रन बनाउनुबाहेक अन्य ब्याट्समेनले दोहोरो रन जोड्न सकेनन् । १२ लाई सस्तैमा समेट्न ७ ए का रोहित कुँवरले ४, रोशन गौतम र रोहन कुवरले २÷२ विकेट हात पारे । 

    images
    images
    images
    WhatsApp Image 2026-06-03 at 18.12.40.jpeg

    प्रतियोगितामा प्रथम वडा नम्बर ७ ए ले ५५ हजार नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र, दोश्रो हुने वडा नम्बर १२ ले नगद ३० सहित शिल्ड मेडल र प्रमाणपत्र हात पारे । 

    त्यस्तै प्रतियोगितामा उत्कृष्ट ब्याट्समेनको उपाधि खेल अवधिभर १४४ रन जोड्ने वडा नं ७ कासुमनराज पान्डे, उत्कृष्ट बलरको रुपमा खेल अवधिभर १२ विकेट हात पार्ने वडा नं ७ कै रोहित कुँवर तथा प्रतियोगिता अवधिभर ११२ रन सहित ११ विकेट हात पार्ने वडा नं ७ का क्याप्टेन रोशन गौतम म्यान अफ दि सिरिज घोषित भए । 

    वडा कृकेट प्रतियोगिता व्यवस्थापन उपभोक्ता समिति देवदह-७ को आयोजनामा जेठ १४ गतेबाट प्रतियोगिता सुरु भएको हो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।