Logo

२०८३, आश्विन १०गते


images
images

प्रतिनिधि सभा

प्रधानमन्त्रीले यस्तो जवाफ दिनुहुन्छ भन्ने थाहा भएको भए प्रश्न नै सोध्ने थिइन- आरेन राई

प्रधानमन्त्रीले यस्तो जवाफ दिनुहुन्छ भन्ने थाहा भएको भए प्रश्न नै सोध्ने थिइन- आरेन राई

images
  • प्रधानमन्त्रीले यस्तो जवाफ दिनुहुन्छ भन्ने थाहा भएको भए प्रश्न नै सोध्ने थिइन- आरेन राई
    images
    images

    काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई सीमा बारे यस्तो जवाफ दिने आफुलाई लागेको भए त्यस्तो प्रश्न नै नसोध्ने बताएका छन् ।

    images
    images
    images

    प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद राईले आफूले हिजो प्रश्न सोधेकोप्रति आत्मग्लानि प्रकट गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाएर मात्र नपुग्ने र प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नुपर्ने माग गरेका छन् ।

    images
    images
    images

    उनले भने- 'यदि यस्तो भ्रामक र तथ्यहीन जवाफ प्रधानमन्त्रीले दिनुहुन्छ भन्ने लागेको भए म त्यो प्रश्न सोध्ने थिइनँ । मलाई आत्मग्लानि भइरहेको छ ।’

    images
    images
    images

    राईले आइतबारको बैठकमा सोधेको लिपुलेक लिम्पियाधुरा सम्बन्धी प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति विवादित बनेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।