सुनवल । सुनवल नगरपालिका वडा नं. ७ का वडा अध्यक्षका उम्मेदवार नारायण प्रसाद आचार्यले जनतालाई एजेन्डा बाड्ने भन्दा काम गरेर देखाउने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट आसन्न स्थानीय तह निर्वाचन-२०७९ मा वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका आचार्यले चुनावी प्रचारप्रसार कार्यक्रम अन्तर्गत घरदैलो कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै सो कुरा बताएका छन् ।
आचार्यले वडाको विकासको लागि भष्ट्रचारमुक्त योजना बढवा दिनुपर्ने बताए ।"बिकास निर्माणका काममा आम जनताको सहभागिता र पहुँच टाढा रहेकाले भ्रष्टचार मौलाएको छ । उनले भने,"अब यी कुरालाई समाधान गर्न जनताले एकपटक सोच्नैपर्छ,सहि नेतृत्व चुन्न वडाबासीले एकपटक सहि नेतृत्वलाई जिताउनुपर्छ।" आचार्यले भाषणमा मात्र एजेण्डा प्रस्तुत गर्ने तर काम भने नगर्ने परिपाटीको अन्त्यको लागी आफुहरु लागि परेको बताए ।
उनले सुनवल-७ मा भौगोलिक अवस्था हेरी आगामी दिनमा बनाउने योजनाले सवै क्षेत्रलाई समानुपातिक रुपमा समेट्ने बताए । अहिले भाषण दिदा तालि बजाउने भन्दा चुनाव अघि आफ्ना समस्या समाधानको लागी नेता कतिसम्म कटिवद्ध छन भनेर पत्ता लगाउन उनले आम वडाबासीलाई अनुरोध गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology