Logo

२०८३, आश्विन १०गते


images
images

मोरक्कोको विश्वकप खेल्ने टिमको घोषणा, को को परे ?

मोरक्कोको विश्वकप खेल्ने टिमको घोषणा, को को परे ?

images
  • मोरक्कोको विश्वकप खेल्ने टिमको घोषणा, को को परे ?
    images
    images

    काठमाडौँ । मोरक्कोका मुख्य प्रशिक्षक मोहम्मद वाहबीले सन् २०२६ को फिफा विश्वकप फुटबलका लागि २६ सदस्यीय टोली घोषणा गरेका छन् । टोलीमा पेरिस सेन्ट जर्मेनका स्टार डिफेन्डर अचराफ हाकिमी र रियल मड्रिडका ब्राहिम डियाज प्रमुख आकर्षण बनेका छन् ।

    images
    images
    images

    तर २०२२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको टोलीका महत्वपूर्ण स्ट्राइकर युसेफ एन नेसिरी भने यसपटक टोलीमा परेका छैनन् । त्यस्तै हाकिम जियाच, सोफियान बुफाल, जवाद एल यामिक र अचराफ दारी पनि बाहिरिएका छन् ।

    images
    images
    images

    प्रशिक्षक वाहबीले पहिलोपटक फ्रान्स यू–२१ बाट खेलिसकेका तर मोरक्कोका लागि नयाँ खेलाडी आयुब बुआदीलाई टोलीमा समावेश गरेका छन् । लिल क्लबका ६ फिट १ इन्चका मिडफिल्डर बुआदीलाई पछिल्लो समय उत्कृष्ट प्रदर्शनपछि अवसर दिइएको हो ।

    images
    images
    images

    बुआदीका कारण इम्रान लाउजा, उसामा तर्गालिन र मोहम्मद राबिए हरिमात जस्ता खेलाडी टोली बाहिर परेका छन् ।

    युसेफ एन नेसिरी र हाकिम जियाच दुवै मोरक्कोको सर्वाधिक गोल गर्ने सूचीमा शीर्ष खेलाडीमध्ये पर्छन् । एन नेसिरीले यस सिजनको अफ्रिका कप अफ नेसन्सका सबै खेल खेलेका थिए र २०२२ विश्वकपमा पोर्चुगलविरुद्धको सेमिफाइनलमा निर्णायक गोल गरेका थिए । तर यसपटक उनी टोलीबाट बाहिरिएका छन् । 

    मोरक्कोले समूह चरणमा जुन १३ मा ब्राजिलसँग खेल्दै अभियान सुरु गर्नेछ । त्यसपछि जुन १९ मा स्कटल्यान्डसँग र जुन २४ मा हैटीसँग खेल्ने तालिका छ ।

    मोरक्को विश्वकप खेल्ने टिम: 

    गोलकिपर: यासिन बोनो (अल हिलाल), मुनिर एल काजुई (बेरकान), अहमद रिडा ताग्नौती (असफार)

    डिफेन्डर: नायफ अगेर्ड (मार्से), युसेफ बेलामारी (अल अहली), इस्सा डिओप (फुलहाम), जकारिया एल वाहदी (गेन्क), अचराफ हाकिमी (पेरिस सेन्ट जर्मेन), रेडोअन हलहल (केभी मेखेलेन), नुसैर मजराउई (म्यानचेस्टर युनाइटेड), चादी रियाद (क्रिस्टल प्यालेस), अनास सलाह–एद्दिन (पीएसभी, रोमाबाट लोनमा)

    मिडफिल्डर: सोफियान अम्राबात (रियल बेटिस), आयुब बुआदी (लिल), नील एल अयनाउई (रोमा), बिलाल एल खान्नुस (स्टुटगार्ट), समिर एल मोराबेत (स्ट्रासबुर्ग), अज्जेदिन उनाही (जिरोना), इस्माइल साबिरी (पीएसभी)

    फरवार्ड: आयुब अमाइमौनी (आइनट्राख्ट फ्रान्कफुर्ट), ब्राहिम डियाज (रियल मड्रिड), आयुब एल काबी (ओलम्पियाकोस), अब्दे एज्जाल्जुली (रियल बेटिस), यासिन गेसीम (स्ट्रासबुर्ग), सौफियान रहिमी (अल ऐन), चेम्सदिन ताल्बी (सन्डरल्यान्ड)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।