Logo

२०८३, आश्विन १०गते


images
images

डीसीसी प्रिमियर लिग

जेठ ९ देखि बुटवलमा डीसीसी प्रिमियर लिगको दोस्रो संस्करण हुँदै

जेठ ९ देखि बुटवलमा डीसीसी प्रिमियर लिगको दोस्रो संस्करण हुँदै

images
  • जेठ ९ देखि बुटवलमा डीसीसी प्रिमियर लिगको दोस्रो संस्करण हुँदै
    images
    images

    बुटवल । देवीनगर क्रिकेट क्लबद्वारा आयोजित डीसीसी प्रिमियर लिगको दोस्रो संस्करण जेठ ९ गतेबाट सुरु हुनेभएको छ । देवीनगर रंगशाला मिनी ग्राउण्डमा प्रतियोगिताका खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ । 

    images
    images
    images

    प्रतियोगितामा प्रत्येक टिमले एक अर्कासँग २÷२ पटक प्रतिस्पर्धा गर्ने व्यवस्था गरिएको छ । प्राप्त अंकका आधारमा उत्कृष्ट टोलीहरू सेमिफाइनल चरणमा प्रवेश गर्नेछन् ।

    images
    images
    images

    प्रतियोगिताका लागि क्लवहरुले अक्सन कार्यक्रम मार्फत खेलाडी खरिद प्रक्रिया सम्पन्न गरेका छन् । प्रतियोगितामा प्रिन्ट हब किङ्स, एसजीए म्याभेरिक्स, मेगा राइनोज, एपीएस युनाइटेड तथा सिद्धार्थ रोयल गरी ५ वटा टिम प्रतिष्पर्धामा रहेका छन् । प्रत्येक टिमका लागि एक लाख पचास हजार रुपैंया बराबरको पकेट मनी व्यवस्था गरिएको आयोजक क्लबका सचिव गणेश पाण्डेयले जानकारी दिए । 

    images
    images
    images
    WhatsApp Image 2026-05-20 at 17.12.20 (2).jpeg

    प्रतियोगितामा सिटी एक्सप्रेस, इ-ड्राइभ नेपाल, बुटवलको फुल्की, नेपथ्य कलेज, मञ्जुश्री फाइनान्स, कोडा पल्स ग्लोबल, करेन्ट नुडल्स, लगायत संघसंस्थाहरू सहयोगीका रुपमा रहेका छन् । 

    वि.सं. २०७६ सालमा स्थापना भएको देवीनगर क्रिकेट क्लबले स्थापनादेखि हालसम्म विभिन्न खेलकुद लगाएत सामाजिक क्रियाकलाप गर्दै आएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डीसीसी प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।