सुनवल । नेकपा (माओवादी केन्द्र) सुनवल नगरपालिबाट वडा नं ७ का अध्यक्ष पदका उम्मेदवार नारायण आचार्यले वडाभित्र हिलो तथा धुलोमुक्त बाटो गराउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
यसअघि निर्वाचित जनप्रतिनिधिले जनता सोचे अनुरुप काम नगरेको बताउँदै उनले आफुहरु निर्वाचित भए लगतै पहिले सुनवल ७ को बाटो निर्माण कार्य अगाडी बढाउने बताए । उनले भने "ज्यामिरे अस्नैया सडक पहिले माओवादीको पहलमा निर्माण भएको र अहिले जिर्ण अवस्थामा रहेको छ। यस बाटोलाई माओवादीले नै पुन निर्माण गर्ने छ ।"
सुनवल नगरपालिका वडा ७ अध्यक्ष पदका लागि आचार्य सहित ३ जनाले उम्मेदवारी दिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology