Logo

२०८३, आश्विन १०गते


images
images

राप्रपा देवदहको चुनावी संकल्प : शिक्षा, स्वास्थ्य, सुत्केरी भत्तादेखि राजसंस्थासम्म

राप्रपा देवदहको चुनावी संकल्प : शिक्षा, स्वास्थ्य, सुत्केरी भत्तादेखि राजसंस्थासम्म

images
  • राप्रपा देवदहको चुनावी संकल्प : शिक्षा, स्वास्थ्य, सुत्केरी भत्तादेखि राजसंस्थासम्म
    images
    images

    देवदह । राष्ट्रिय प्रजातन्त्र पार्टी देवदहले आसन्न स्थानिय तह निर्वाचनका लागि आफ्नो संकल्पसहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । शुक्रबार देवदह स्थित देवदह प्रेस क्लवमा पत्रकार सम्मेलन आयोजना गरी पार्टीले संकल्प पत्र सार्वजनिक गरेको हो ।

    स्थानिय तह निर्वाचनका लागि पार्टीका देवदह नगर प्रमुख पदका उम्मेदवार माधव प्रसाद रिमालले प्रतिवद्धता पत्र सार्वजनिक गर्दै देशमा राजनीतिको विकास भएको तर विकासको राजनीति नभएको प्रति दुखेसो गरे । रिमालले पार्टीले सुदृढ, भ्रष्टाचार रहित र सुशासनयुक्त व्यवस्थाको लागि निर्वाचनमा उम्मेदवारी दिएको बताउए।

    करिब  ७ पृष्ठ लामो पत्रमा समृद्ध देवदह नगरको परिकल्पना गर्दै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, खानेपानी, भौतिक पुर्वाधार, कृषि, रोजगार, उद्योग व्यापार, भूमि सुधार, स्थानीय न्याय, सुशासन, धर्म, प्रशासनिक संरचना, आर्थिक सबलीकरण, यातायात, विद्युत, खेलकुद, वन संरक्षण तथा राजसंस्था लगायतका बिषयमा महत्वकांक्षी प्रतिबद्धता सहितका योजनाहरु अगाडि सारिएको छ ।

    पत्रकार सम्मेलनमा पार्टीबाट नगर उपप्रमुख पदका उम्मेदवार निर्मला जिसी, पार्टीका पुर्व केन्द्रिय सदस्य तोयानाथ लम्साल लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

    images
    images
    images

    यस्तो छ राप्रपा देवदहको संकल्प पत्र :

    आदरणीय देवदहवासी मतदाता महानुभावहरु,

    images
    images
    images

    मुलुकको गौरवपूर्ण इतिहास, धर्म संस्कृति परम्पराको जगेर्ना गर्दै हाम्रै जीवनकालमा सबल समृद्ध र नवीन नेपाल निर्माण सम्भव छ भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय राजनीतिको विकल्प सहित खडा भएको छ । परम्परागत रुपमा चलि आएको मूल्य मान्यतालाई निरन्तरता दिँदै सो मान्यतामा समयानुकुल सुधार गर्दै जाने विषयमा रा.प्र.पा. प्रतिबद्ध छ । 
     
    राष्ट्रिय प्रजातन्त्र पार्टीले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार विकास निर्माण लगायत स्थानीय साधन श्रोत परिचालन र रोजगारी सिर्जना लगायतका विषयलाई उच्च प्राथमिकता दिने छ भने भ्रष्टचारमा शून्य सहनशिलताको नीति अवलम्वन गर्ने छ ।
     
    हाम्रा शुरवीर र दूरदर्शी पूर्खाले बचाएर राखेको यो मुलुकको इतिहास र संस्कृति जीवन्त राख्नको लागी राष्ट्रिय भावको चेतना र समृद्धिको नयाँ आधार निर्माण गर्न आजको नयाँ पुस्तालाई समयले हाँक दिएको छ ।
    राष्ट्रिय भावना र निष्ठाको नयाँ आधार दिनुपर्ने संक्रान्तिमा उभिएको युवा वर्ग उपर ठुलो जिम्मेवारी छ । मानवता र राष्ट्रियतालाई सर्वोपरी राखी नेपालको यो भू–खण्ड देवदहको ऐतिहासिक महत्वलाई सम्मान गर्न विश्वमा यसको गरीमालाई उचाईमा पु¥याउन यो चुनावलाई वरदान बनाउन गर्दछौं ।
     
    युवा, बालबालिका, महिला, जेष्ठ नागरिक, उत्पीडित अल्पसंख्यक, किसान, मजदुर, उद्यमी लगायत सबै वर्ग र क्षेत्रका नागरिकको आर्थिक, सामाजिक र जनजीविकाको संरक्षण गर्ने सहज वातावरण सृर्जना गर्न निम्न प्रतिवद्धता सहित स्थानीय तहको निर्वाचनमा राप्रपालाई “हलो चुनाव चिन्ह” मा आफ्नो अमूल्य मत आम मतदाताहरुसँग हार्दिक अनुरोध गर्दछु ।

    images
    images
    images

    शिक्षा क्षेत्रतर्फ :

    १.कक्षा १२ सम्म नि: शूल्क 
    - स्थानीय तहमा कम्तीमा एक प्राविधिक धारको विद्यालय ।
    -  व्यवहारिक शिक्षा अनिवार्य कम्प्युटर शिक्षा, प्रारम्भिक बाल विकास शिक्षामा 
    प्राथमिकता ।
     - असक्त, अपाङ्ग तथा बालमैत्री विद्यालय अनिवार्य बनाउनुपर्ने व्यवस्था गर्ने ।
    – सामुदायिक विद्यालयहरुलाई राजनीति मुक्त बनाउँछौ, अभिभावक मात्र विद्यालय 
    व्यवस्थापनसमितिमा रहने व्यवस्था गर्नेछौ ।
     – देवदह आर्दश बहुमुखी क्याम्पसलाई यस क्षेत्रकै आर्दशका रुपमा स्थापित गराउन 
    पहल गर्ने ।
    – लुम्बिनी बौद्ध विश्व विद्यालय यथा शिघ्र स्थापना र सञ्चालनमा विशेष पहल गरिने छ ।

    २. जनस्वास्थ्य तर्फ 
    – सबै नागरिकलाई अनिवार्य तथा नि ः शुल्क स्वास्थ्य बीमा ।
     – हरेक वडामा स्वास्थ्य चौकी, नि ः शुल्क र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा ।
    – सुनिश्चित बाल स्वास्थ्य र पोषण कार्यक्रम ।
       – प्रत्येक वडामा प्रशुति सेवा तथा निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिना 
    सम्म रु. ३,०००÷– मासिक भत्ता ।
    – स्थानिय महिला स्वयं सेवीकालाई प्रोत्साहन भत्ता ।
    – जन–स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी व्यापक सुधार गरिने छ ।
    – नवजात शिशु तथा गर्भवती महिलाहरुको मृत्युदर घटाउन आवश्यक कार्य थालनी 
    गर्ने ।

    ३. सामाजिक सुरक्षा तर्फ

    – अपाङ्गतथा शारीरिक रुपमा फरक क्षमता भएकाहरुलाई विशेष सुविधाका व्यवस्था 
    मिलाइने छ । 
    – लैङ्गिक विभेद अन्त्यका लागि संयुक्त अधिकार प्रणाली कानुनद्धारा व्यवस्थित गरिने 
    छ ।
    – एकल महिलाहरुको लागि विशेष व्यवस्था गरिने छ ।
     – जेष्ठ नागरिक सुरक्षाका लागि घर, दैलोमै सेवा उपलब्ध गराइने छ ।

    ४. खानेपानी तथा सरसफाई तर्फ
       
    – नगर सरसफाई तथा खाद्य समिति गठन गरी कार्य थालनी गरिने छ । 
    – नागरिकले शुद्ध पिउने पानी निर्बाध रुपमा न्युनतम महशुलमा (सकेसम्म  नि : शूल्क) उपलब्ध 
    गराउने छ ।
      – हरेक वडामा प्रत्येक ३ कि.मि. देखी ५ कि.मि. भित्र सुविधा सम्पन्न सार्वजनीक 
    शौचालयको निर्माण गरिने छ ।
     – सफापानी, सफा बस्ती, स्वच्छ जीवन, सुन्दर देवदहको सहज व्यवस्थापन गरिने छ 
     – ल्याण्ड फिल्ड साइटको स्थापना गरी पी पी पी मोडेलबाट फोहोर व्यवस्थापन गरी  सडेर जाने फोहोरबाट मल र उर्जा उत्पादन गरी सडेर नजाने फोहोरलाई  व्यवस्थापन गरी आम्दानीको स्थाई श्रोत सहज व्यवस्थापन गरिने छ ।
    – जथाभावी फोहोर फाल्ने प्रकृयालाई बन्द गरी हरेक घरहरुलाई निश्चित स्थान  उपलब्धगराइने छ ।

    ५. भौतिक पूर्वाधार विकास तर्फ
       
    – एकीकृत विकासको अवधारणालाई गुरु योजना बनाई दिगो विकासका थालनी 
    गरिने छ ।
        
    क. एकीकृत सडक सञ्जालको सुरुवात । सडक सुरक्षालाई प्राथमिकता दिँदै प्रदुषण (धुलो)मुक्त सडक बनाउन कार्य प्रारम्भ गरिने छ ।
    ख. एकीकृत कार्यालय व्यवस्थापनको सुरुवात ।
    ग. एकीकृत नमूना वस्तीको सुरुवात ।
    घ. सुविधा सम्पन्न पार्कहरुको निर्माण ।
    ङ. मायादेवीको जन्म तथा भगवान गौतम बुद्धको मावली यस पावन भूमीमा पर्यटन विकासलाई जोड दिई आन्तरिक तथा बाह्य पर्यटकहरुलाई उत्प्रेरणा जगाई एक पटक देवदहनपुगे जीवन अधुरो रहने छ भन्ने भाव जागृत बनाइने छ ।
    च. बौद्ध करीडोरको काम सशक्त बनाई पर्यटकको बसाई लम्व्याउन होमष्टेलाई प्राथमिकतामा राखी सांस्कृतिक तथा सुन्दर शहर निर्माण योजना तयार पारिने 
    छ ।
     छ. पर्यटन प्रवद्र्धनका कार्यहरु गुरुयोजना अनुसार अगाडी बढाइने छ । 
    ज. सीमसार क्षेत्रको संरक्षण गरिने छ ।
    झ. पूरातात्विक र सांस्कृतिक महत्वका क्षेत्रहरु, प्राचीन महत्वका मठ, मन्दिर गुम्बा, मष्जिदहरु संरक्षण गरिने छ । उपरोक्त एकीकृत नमूना विकासका लागी निक्षेपित कार्यालयहरुलाई अनिवार्य रुपमा विकासको मुलधारमा समावेश गरी समन्वयात्मक तरीकाबाट सर्वाङ्गीण विकासलाई पहिलो प्राथमिकतामा राखिने छ । देवदहलाई पर्यटकीय विश्राम स्थलको रुपमा विकास गर्न हर सम्भव प्रयत्न गरिने छ ।


    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।