Logo

२०८३, आश्विन ९गते


images
images

प्रेमिकाको लागि मुख्यमन्त्री विजयको फिल्म रिलिजमा विशेष अनुमति !

प्रेमिकाको लागि मुख्यमन्त्री विजयको फिल्म रिलिजमा विशेष अनुमति !

images
  • प्रेमिकाको लागि मुख्यमन्त्री विजयको फिल्म रिलिजमा विशेष अनुमति !
    images
    images

    काठमाडौँ । तमिलनाडुका मुख्यमन्त्री थलापति विजयले अभिनेत्री तृषा कृष्णन अभिनित चलचित्र ‘करप्पू' का लागि विशेष अनुमति दिएका छन् ।

    images
    images
    images

    तीन वर्षदेखि रोक लगाइएको बिहानको चलचित्र प्रदर्शनलाई उनले पुनः अनुमति दिएपछि दक्षिण भारतीय चलचित्र क्षेत्रमा यसको व्यापक चर्चा भइरहेको छ । 

    images
    images
    images

    चलचित्र ‘करप्पू’ निर्माण संस्था ड्रीम वारियर पिक्चर्सले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री विजयलाई धन्यवाद दिँदै चलचित्रलाई बिहान ९ बजेको विशेष प्रदर्शन अनुमति दिएको जानकारी दिएको हो । मे १४ मा प्रदर्शनमा आउन लागेको चलचित्र ‘करप्पू’का पहिलो दिनदेखि नै बिहान ९ बजेका शो सञ्चालन हुनेछन् । चलचित्रमा तृषा कृष्णन र सूर्या मुख्य भूमिकामा रहेका छन् ।

    images
    images
    images

    यसअघि सन् २०२३ मा प्रदर्शनमा आएको चलचित्र ‘थुनिभू’को बिहान साढे ४ बजेको शोका क्रममा भागदौड मच्चिँदा एक दर्शकको मृत्यु भएको थियो । त्यस घटनापछि सुरक्षा कारण देखाउँदै तमिलनाडु सरकारले बिहानका विशेष शोमा प्रतिबन्ध लगाएको थियो ।

    थलापति विजयको यो निर्णयले व्यक्तिगत सम्बन्धको चर्चाका कारण पनि ध्यान तानेको छ । लामो समयदेखि उनको नाम अभिनेत्री तृषा कृष्णनसँग जोडिँदै आएको छ । दुवैले सम्बन्धबारे सार्वजनिक रूपमा पुष्टि नगरे पनि विभिन्न अवसरमा सँगै देखिने गरेका कारण उनीहरूको सम्बन्धबारे चर्चा हुँदै आएको छ ।

    विजय आफ्नी पत्नीसँग डिभोर्सको प्रक्रियामा रहेकाले सम्बन्धको स्पष्टता नभएको भारतीय मिडियामा चर्चा छ । विजयले मुख्यमन्त्रीको शपथ लिने कार्यक्रममा पनि तृषा पुगेकी थिइन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विजय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।