Logo

२०८३, आश्विन १०गते


images
images

स्कटल्याण्डविरुद्ध नेपाल ए डिएलएस मेथडबाट ९ रनले विजयी

स्कटल्याण्डविरुद्ध नेपाल ए डिएलएस मेथडबाट ९ रनले विजयी

images
  • स्कटल्याण्डविरुद्ध नेपाल ए डिएलएस मेथडबाट ९ रनले विजयी
    images
    images

    काठमाडौं । नेपाल ए ले स्कटल्याण्डमाथि ९ रनको जित हासिल गरेको छ ।

    images
    images
    images

    माथिल्लो मुलपानी मैदानमा शनिबार सम्पन्न वर्षाले प्रभावित खेलमा नेपाल ए डिएलएस मेथड अनुसार ९ रनले विजयी भएको हो ।

    images
    images
    images

    यो अभ्यास सिरिजमा नेपाल एको लगातार तेस्रो जित हो भने स्कटल्याण्डविरूद्ध दोस्रो जित हो । 

    images
    images
    images

    स्कटल्याण्डले दिएको ३०३ रनको लक्ष्य पछाएको नेपाल ए ले ३४.५ ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाउदा खेल बर्षाले अवरुद्ध भएय्को थियो । त्यसपछि खेल पुन: सुचारु हुन सकेन र खेलको निर्णय डिएलएस मेथडबाट गरिएको थियो ।

    नेपाल ए का लागि सन्दीप जोरा अविजित ८३ रन बनाए भने इशान पाण्डेले ५०, तृतराज दासले २४ रन, बसिर अहमदले २० रन र मयान यादवले १२ रन बनाएका थिए ।

    त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउदै जर्ज मुन्सीको ६२, माइकल इङ्लिस अविजित ५६ रन र रिची बेरिङ्टनले ४० रनको सहयोगमा ३०२ रन बनाएको थियो । त्यस्तै नेपाल ए का बलर आकाश चन्दले ३ विकेट लिएका थिए । 

    अब यो अभ्यास सिरिज अन्तर्गत नेपाल ए ले सोमबार अमेरिकासँग खेल्ने तालिका रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल ए क्रिकेट टिम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।