Logo

२०८३, आश्विन १०गते


images
images

आइपिएलमा बैंगलुरुमाथि लखनउ ९ रनले विजयी

आइपिएलमा बैंगलुरुमाथि लखनउ ९ रनले विजयी

images
  • आइपिएलमा बैंगलुरुमाथि लखनउ ९ रनले विजयी
    images
    images

    काठमाडौँ । लखनउ सुपर जाइन्टले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनउले बैंगलुरुलाई डिएलएस मेथड अनुसार ९ रनले पराजित गरेको हो ।

    images
    images
    images

    बैंगलुरुले डिएलएस मेथड अनुसार १९ ओभरमा २१३ रनको लक्ष्य पाएको थियो । जसमा बैंगलुरुले १९ ओभरमा ६ विकेट गुमाएर २०३ रन मात्र बनाउन सकेको थियो । बैंगलुरुका लागि कप्तान रजत पाटिदारले सर्बाधिक ६१ रन बनाए भने टिम डेविडले ४०, देवदत्त पाडिकलले ३४, क्रुनाल पाण्डेयले अविजित २८ र रोमारियो शेफार्डले अविजित २३ रन बनाएका थिए ।  त्यस्तै लखनउका बलर प्रिन्स यादवले ३, शह्बाज अहमदले २ विकेट लिएका थिए ।

    images
    images
    images

    यस अघि पहिला ब्याटिंग गरेको लखनउले १९ ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको थियो । लखनउका लागि मिचेल मार्शले १११ रनको शतकीय पारी खेलेका थिए भने निकोलस पुरनले ३८ र ऋषव पन्तले अविजित ३२ रन बनाएका थिए ।

    images
    images
    images

    जारी आइपिएलमा लखनउको यो १० खेलमा तेस्रो जित हो । यो जितपछि लखनउ ६ अंकसहित पुछारमा नै रहेको छ । त्यस्तै बैंगलुरुको भने यो यस सिजनको चौथो हार हो । १० खेलमा १२ अंक रहेको बैंगलुरु तेस्रो स्थानमा रहेको छ ।

    जारी आइपिएल अन्तर्गत आज दिल्ली क्यापिटल्स र कोलकोता नाइट राइडर्सबीच खेल हुदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।