बाजुरा । बाजुराको हिमाली गाउँपालिका वडा न.६ पाँडी गाउँमा मतदान केन्द्र नभए चुनाव बहिष्कार गरिने स्थानीयले बताएका छन् । भौगोलिक रुपमा पछाडि रहेको गाउँमा आसन्न बैशाख ३० को स्थानीय तहको निर्वाचनमा गाउँमै मतदान केन्द्र हुनुपर्ने स्थानीय महेन्द्र रावलले बताए ।
स्थानीय चुनाव हुनु भन्दा पहिलो १०७० को चुनावमा गाउँ मतदान गरेको उल्लेख गर्दै अर्का स्थानीय कर्ण बहादुर रावलले स्थानीय सरकार आएपछि गाउँ भन्दा ४ घण्टाको पैदलमार्ग हिडेर मतदान गर्नुपर्ने अबस्था आउनु दु:खद भएको बताए ।
वडा कार्यालय नजिकैको बडिमालिका माध्यमिक बिद्यालय धिममा पुग्न अशाय, अपांग, बुढाबुढीहरुलाइ पिठ्युँमा बोकेर मतदान केन्द्रसम्म ल्याएर मतदान खसाल्नुपर्ने अवस्था रहेको स्थानीयहरूको भनाईछ ।
स्थानीय सरकार आएको पाँच बर्षपछि हुने निर्वाचनमा समेत आफ्नो गाउँमा मतदान केन्द्र नहुँनु चिन्ता समस्या विषय भएको बताउँदै स्थानीयहरूले समस्या समाधान हुदैन भने चुनाब बहिष्कार गरिने बताएका हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology