Logo

२०८३, आश्विन १०गते


images
images

स्थानीय तह निर्वाचन २०७९ का लागि सुनवल-८ का सम्भावित उम्मेदवारहरु

स्थानीय तह निर्वाचन २०७९ का लागि सुनवल-८ का सम्भावित उम्मेदवारहरु

images
  • स्थानीय तह निर्वाचन २०७९ का लागि सुनवल-८ का सम्भावित उम्मेदवारहरु
    images
    images

    सुस्मन विश्वकर्मा,सुनवल । स्थानीय निर्वाचन २०७९ नजिकिदै गएको छ । आउँदो वैशाख ११/१२ गते सम्पुर्ण राजनीतिक दल र स्वतन्त्रका उम्मेदवारहरुले निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गर्ने छन् ।  यसै क्रममा सुनवल नगरपालिका वडा नं.७ का राजनीतिक दलहरुपनि उम्मेदवारहरुको टुंगो लगाउने नजिक नजिक रहेको बताईएको छ । 

    images
    images
    images

    पार्टीनिकट (खुलाउन नमिल्ने) स्रोतअनुसार सुनवल-८ का राजनीतिक दलहरुका सम्भावित उम्मेदवारहरु :

    images
    images
    images

    नेकपा एमाले
    अघिल्लो स्थानीय निर्वाचनमा पनि  नेकपा एमाले सुनवल-८ मा जित हात पार्न  सफल भएको थियो । आउँदो वैशाख ३० को निर्वाचनमा वडाअध्यक्षमा कृष्ण  बहादुर के.सि,वडासदस्यमा क्रमशः तेजबहादुर गुरुङ,भद्रलाल पौडेल,गंगा कुमारी घाहासारु र दलित महिला सदस्यमा लक्ष्मी टाेमटा लगायतको उम्मेदवारी रहने पार्टीनिकट स्रोतले बताएको छ । 

    images
    images
    images

    नेपाली काङ्ग्रेस 
    पछिल्लो स्थानीय निर्वाचन २०७४ मा नेपाली काङ्ग्रेस झिनो मतले सुनवल-८ मा पराजित भएको थियो । आउदो निर्वाचनमा वडाअध्यक्षमा देवबहादुर गुरुङ्ग लगायत वडासदस्यमा अन्य १० जनाको नाम प्रस्तावित भएको बताईएको छ । 

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
    सुनवल-८ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र स्थानीय निर्वाचन २०७९ को लागि उम्मेदवारको टुंगो लगाउने तयारीमा अझै नजुटेको  बताईएको छ । 

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
    सुनवल-८ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडाअध्यक्षमा नर्फु तामाङको उम्मेदवारी रहने बताईएको छ । यस्तै वडासदस्यमा क्रमश: सन्तबहादुर घले,आसिस डवाडी,निर्मला थापा र  दलित महिला सदस्यमा निर्मा आर्य हरिजन लगायतको उम्मेदवारी रहने बताईएको छ ।

    स्वतन्त्रतर्फ
    आउँदो वैशाख ३० को स्थानीय निर्वाचनमा सुनवल-८ मा स्वतन्त्र तर्फबाट पनि उम्मेदवारी रहने बताईएको छ । खुलाउन नमिल्ने स्रोतका अनुसार सुनवल-८ मा स्वतन्त्रबाट पनि उम्मेदवारका अाकांक्षीहरु रहेको बताईएको छ । 

    यद्यपि माथी उल्लेखित नामहरु सम्भावित हुन् । उम्मेदवारहरुको पुर्णरुपमा टुंगो लागिसकेको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।