कृष्ण अन्जान, बुटवल । स्थानिय तहकाे निर्वाचनकाे मिति नजिकिँदै गर्दा विभिन्न राजनैतिक दलहरुले उम्मेदवारका नाम सिफारिस गर्ने काममा तिव्रता दिएका छन ।
यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देहीको तिलोत्तमा नगरपालिकाका लागि नगर प्रमुखको उम्मेदवारकाे रुपमा भुवन खनाललाई अगाडी सारेको छ ।
भलवारीका स्थायी वासिन्दा खनाललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सर्वसम्मत रुपमा नगरप्रमुख पदको उम्मेदवार बनाउने निर्णय भएको राप्रपा रुपन्देहीले जनाएकाे छ ।
लामाे समय देखि पर्यटन व्यवसायमा जाेडिएका खनाल हाेटल व्यवसायी हुन् । उनी भलवारीस्थित हाेटल हिडन प्यालेशका सन्चालक हुन् ।
राप्रपाकाे तर्फबाट तिलाेत्तमामा नगरप्रमुखकाे उम्मेदवार बनाउने निर्णय पछि सँक्षिप्त प्रतिक्रिया दिँदै खनालले पार्टीको नीति सिद्धान्त प्रति प्रतिबद्ध रहँदै तिलाेत्तमा विकास नै आफ्नो प्रमुख प्राथमिकता रहेकाे बताए ।
उनी सँगै राप्रपाले तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा वडाअध्यक्षका उम्मेदवारको पनि टुंगो लगाएको छ । राप्रपा रुपन्देहीका अनुसार वडा नम्बर ७ मा सुरेश पन्थी, ८ मा निरञ्जन पराजुली, ९ मा खुम बहादुर राना, १० मा विक्रम के.सी., ११ मा गोपीनाथ पाण्डे, १३ मा शेर बहादुर घर्तीमगर, १४ मा तीर्थराज थारु र १७ मा संदिप थारुलाई वडाअध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology