रिया बस्नेत क्षेत्री, रुपन्देही । मृतक आमाकाे न्यायकाे लागि ८ बर्षिय बालक सडकमा उत्रिएका छन् । उनी "मेराे ममिलाई यसरी मार्न पाईदैन, मेराे ममि फिर्ता गर, मलाई न्याय दे, ज्यानमारालाई फासी दे, मेराे ममिलाई न्याय दे, मेराे आशु पुछि दे," भन्दै प्रदर्शनमा होमिएका हुन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नयाँ वर्ष २०७९ को पहिलो दिन अमृता टण्डनकाे रहस्यमय मृत्यु भएकाे छ । तिलोत्तमा–२ स्थित जानकीनगरमा २९ वर्षीया टण्डनको शंकास्पद मृत्यु भएपछि उनको हत्या भएको भन्दै स्थानीयहरू आन्दोलित भएका छन् । जुन आन्दोलनमा मृतकका ८ बर्षिय छोरा पनि आफ्नो आमाको हत्या भएको भन्दै न्यायको लागि संघर्ष गरिरहेका छन् । 
पारिवारिक सम्बन्ध राम्राे नभए पछि अमृता लामाे समय देखि माईतिमै बसकि थिईन तर बिहीबार जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई कहिले फाेन नगर्ने श्रीमान् प्रेम टण्डनले पटक पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृत्यु भएको हाे। अमृतालाई परिवारकै सदस्यले बिष सेवन गराई हत्या गरेर छिमेक र प्रहरी कसैलाई खबर नगरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएको माइती पक्षको आरोप छ । अस्पताल पुर्याउँदा चिकित्सकले अमृतालाई मृत घाेषणा गरेका थिए ।
‘बुधबार राति करिब ८ बजेसम्म अमृता माईतमै थिइन् । "ज्वाँईले तीन पटकसम्म फोन गरेर घर आउने भए आईज नभए छोरालाई जे पनि हुनसक्छ । छाेराकाे मुख देख्ने भए आईज भनेपछि उनी छाेराकाे मायाले घर गईन घर गएकाे केहि समयमै हाम्राे खुसि लुटियाे । अमृता घर गएपछि साझँ ९:१४ बजे मलाई बचाऊ भनेर दाइलाई म्यासेज गरेकी रहिछ ।" मलिन अनुहारमा बृत्तान्त बताउँदै उनकी आमा साबित्रा खत्रीले बताइन् । साढे ९ बजेसम्म म्यासेज गरेकी अमृता दश नबज्दै मृत्यु भएको खबर माईती पक्षलाई आएकाे उनको भनाइ छ ।
छोरीलाई घरमा सासु, ससुरा, श्रीमानले धेरै पहिलादेखि नै गालीगलौज र मानसिक यातना दिंदै आएको अमृताकी आमा सावित्रा खत्रीले बताइन् । उनी घरकी एक्ली छाेरी थिईन् । अमृताको ९ वर्षअघि प्रेम विवाह भएको थियो । पटकपटक यातना पाएपछि गत भदौमा वडा कार्यालयमा निवेदन दिएपछि अबदेखि मिलेर बस्ने सहमति भएको थियो।
मृतकका ८ वर्षीय छोरा छन् । उनि कक्षा २ मा पढ्दै छन् । घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै माइती पक्ष र स्थानीयले टण्डनको घर घेराउ गरि मृतककाे न्यायकाे माग गर्दै ईलाका प्रहरि कार्यलय बुटवलमा नाराबाजी गर्दै सडकमा उत्रिएका छन् ।
माईती पक्षले भने माईतीमा बसेकी छाेरीलाई धम्कीदिएर घरमा बाेलाए सुनियोजित हत्या गरेकाे भन्दै दाेषि माथी कार्वाहीकाे माग दाबि गरेका छन ।
नाराबाजिकै क्रममा शुक्रबार दिउँसो प्रदर्शनकारी र प्रहरीबिच झडप पनि भएकाे थियाे । प्रर्दशन गर्ने पिडित पक्ष र रिपोर्टिङकाे लागी पुगेकाे पत्रकार गरि १ दर्जन बढिलाई प्रहरले लाठीचार्ज गरि घाईते भएका छन् ।
"मृतकका परिवारले जाहेरी दिए अनुसार उनकाे श्रीमान् प्रेम टण्डन, सासु दिपा टण्डन र ससुरा पहल सिंह टण्डनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको उल्लेख गर्दै थप अनुसन्धानकाे लागी पाेष्टमार्टम रिपोर्टकाे आधारमा अगाडी बढ्ने ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology