बुटवल । समाचार संकलनका लागि ईलाका प्रहरी कार्यालय बुटवल अगाडि पुगेका पत्रकारहरूमाथि प्रहरीले हातपात गरेको छ । पत्रकारमाथि भएको ज्याजतीको पत्रकार सम्बद्ध संघसंस्थाहरूले विरोध गरेका छन् ।
रुपन्देही तिलोत्तमा २ मा भएको महिलाको मृत्यूप्रकरणमा सम्बन्धित पक्षले बैशाख २ गते इलाका प्रहरी कार्यालय बुटवल अगाडि गरेको प्रदर्शनको रिर्पोटिङका क्रममा पत्रकारहरू दिनेश श्रेष्ठ, डिवि सुस्लिङ, सन्तकुमार श्रेष्ठ, शरण कर्माचार्य सहित सञ्चारकर्मीहरुमाथि हातपात, गालीगलौज र दुर्व्यहार भएको थियो ।
सेतोमसीसंग कुरा गर्दै खबरकुरा डट कमका पत्रकार शरण कर्माचार्यले प्रहरीको नियत नै पत्रकारहरूलाई दुर्व्यवहार गर्ने देखिएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ रुपन्देही, प्रेस सेन्टर नेपाल रुपन्देही, प्रगतिशील पत्रकार संघ लगायतले घटनाको विरोध गर्दै विज्ञप्ति जारी गरेका छन् । घटनाको निष्पक्ष छानबिन गर्न र दोषी प्रहरी अधिकारीमाथि आवस्यक कार्वाही गर्न पत्रकारहरूले माग गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology