Logo

२०८३, श्रावण २७गते


images
images

अन्तर्राष्ट्रिय

पुरा भएनन इरानमा ट्रम्पले तय गरेका पाँच लक्ष्य

पुरा भएनन इरानमा ट्रम्पले तय गरेका पाँच लक्ष्य

images
  • पुरा भएनन इरानमा ट्रम्पले तय गरेका पाँच लक्ष्य
    images
    images

    काठमाडौँ । इरानसँगको युद्ध सुरु गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तय गरेका पाँच प्रमुख लक्ष्यमध्ये धेरै अझै अधुरा रहेका छन् ।युद्ध सुरु भएको एक महिनाभन्दा बढी समय बितिसक्दा केही क्षेत्रमा प्रगति देखिए पनि धेरै महत्वपूर्ण मोर्चामा अपेक्षित उपलब्धि हासिल हुन नसकेको देखिएको छ ।

    images
    images
    images

    पहिलो लक्ष्य इरानको क्षेप्यास्त्र र ड्रोन क्षमता समाप्त गर्ने थियो । अमेरिका र इजरायलले इरानका धेरै क्षेप्यास्त्र अड्डा र कारखाना ध्वस्त पारेका छन् । तर पनि इरानले अझै क्षेप्यास्त्र र ड्रोन आक्रमण जारी राखेकाले यो लक्ष्य पूर्ण रूपमा पूरा भएको मानिएको छैन ।

    images
    images
    images

    दोस्रो लक्ष्य इरानी नौसैनिक शक्ति समाप्त गर्ने रहेको थियो । युद्धका क्रममा इरानको नौसेनाले ठूलो क्षति व्यहोरेको र केही जहाज नष्ट भएका भए पनि पूर्ण रूपमा समाप्त भएको दाबी भने अझै स्पष्ट छैन ।तेस्रो लक्ष्य इरान समर्थित सशस्त्र समूहलाई कमजोर बनाउने थियो ।

    images
    images
    images

    तर इराक र लेबनानमा यस्ता समूह अझै सक्रिय रहेर आक्रमण जारी राखिरहेका छन् ।चौथो लक्ष्य इरानको आणविक कार्यक्रम रोक्ने थियो । अमेरिकाले इरानका आणविक केन्द्रहरूमा आक्रमण गरेको भए पनि इरानसँग अझै उच्चस्तरको युरेनियम मौजुद रहेको रिपोर्टहरूले देखाएका छन् ।

    यसले आणविक जोखिम पूर्ण रूपमा अन्त्य नभएको संकेत गर्छ ।पाँचौँ लक्ष्य इरानमा शासन परिवर्तन गराउने रहेको थियो । तर हालसम्म त्यहाँको वर्तमान शासन कायम नै रहेको छ र नयाँ नेतृत्वसमेत कडा धारणा राख्ने खालको रहेको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इरान - अमेरिका युद्ध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।