Logo

२०८३, आश्विन १०गते


images
images

अन्तर्राष्ट्रिय

युद्ध अन्त्य हुने स्पष्ट ग्यारेन्टी भएमा वार्ताका लागि तयार छौं : इरानी विदेशमन्त्री अराघची

युद्ध अन्त्य हुने स्पष्ट ग्यारेन्टी भएमा वार्ताका लागि तयार छौं : इरानी विदेशमन्त्री अराघची

images
  • युद्ध अन्त्य हुने स्पष्ट ग्यारेन्टी भएमा वार्ताका लागि तयार छौं : इरानी विदेशमन्त्री अराघची
    images
    images

    काठमाडौँ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य हुने स्पष्ट ग्यारेन्टी भएमा वार्ताका लागि तयार रहेको जनाएको छ ।

    images
    images
    images

    इरानका विदेशमन्त्री अब्बास अराघचीले युद्ध अन्त्य हुने सुनिश्चितता दिन सक्ने कुनै पनि त्यस्तो प्रस्ताव वा पहललाई स्वागत गरिने बताएका हुन् ।

    images
    images
    images

    यसैबीच खाडी क्षेत्रका देशहरूले आफ्नो भूभागमा भइरहेका आक्रमण रोक्न इरानसँग माग गरेका छन् । ती देशहरूको भनाइमा आक्रमणका कारण अमेरिकी सैनिक चौकी मात्र होइन ऊर्जा संरचना र आवासीय क्षेत्र पनि प्रभावित भएका छन् ।

    images
    images
    images

    तर विदेशमन्त्री अराघचीले इरानले मध्यपूर्व क्षेत्रमा कुनै पनि सर्वसाधारण वा आवासीय स्थानलाई निशाना नबनाएको दाबी गरेका छन् । यदि यस्तो गुनासो आएको खण्डमा छानबिनका लागि छिमेकी देशहरूसँग मिलेर संयुक्त समिति बनाउन इरान तयार रहेको उनले बताएका छन् ।

    उनले दिएको इरान खाडी क्षेत्रका देशहरूसँग निरन्तर सम्पर्कमा रहेको पनि बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अराघची
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।