Logo

२०८३, कार्तिक २७गते


images
images

दोहास्थित नेपाली दुताबासको कतारमा रहेका नेपाली नागरिकलाई विशेष अनुरोध

दोहास्थित नेपाली दुताबासको कतारमा रहेका नेपाली नागरिकलाई विशेष अनुरोध

images
  • दोहास्थित नेपाली दुताबासको कतारमा रहेका नेपाली नागरिकलाई विशेष अनुरोध
    images

    काठमाडौँ । नेपाली राजदूतावास, दोहाले मध्यपूर्वमा विकसित विद्यमान विशेष परिस्थितिलाई दृष्टिगत गर्दै कतारमा रहेका नेपाली नागरिकलाई विशेष अनुरोध गरेको छ । 

    images
    images
    images

    दुताबासले कतारको आधिकारिक निकायहरूबाट प्रेषित हुने समाचार, निर्देशन, सूचना बमोजिम सजग रहन आग्रह गर्दै कतारी हवाईक्षेत्र खुलेपश्चात् मात्र नियमित उडान शुरु हुने हुँदा सोबारे अद्यावधिक सूचनाका कतारको सिभिल एभियासन अथोरिटी को वेबसाइट हेर्न आग्रह गरेको छ ।

    images
    images
    images

    दुताबासले अफवाहपूर्ण सूचना सामग्री तथा घटनास्थलको तस्बिर-भिडियो सामाजिक सञ्जालमा साझा नगर्न आग्रह गर्दै भिडभाड हुने स्थानमा आवश्यकता बाहेक नजान आग्रह अनुरोध गरेको छ ।

    images
    images

    त्यसैगरी दुताबासले कुनै अपरिचित शव वा शंकास्पद वस्तु नजिक नजान, सुरक्षितसाथ घरभित्रै बस्न सिसा, झ्याल र बार्दली छेउछाउ नबस्न  आग्रह गर्दै मोबाइल फोन पूर्ण चार्ज गरी राख्न तथा केही नगद र महत्वपूर्ण परिचयपत्र समेत आफूसाथ राख्न समेत आग्रह गरेको छ ।

    त्यस्तै नेपालमा रहेका आफ्ना परिवारसँग तथा कतारस्थित आफू बसेको क्षेत्रमा भएका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन नेपाल तथा अन्य मुलुकका लागि दोहा ट्रान्जिट हुँदै यात्रा गर्ने क्रममा दोहामा रहनुपरेका नेपाली नागरिकलाई मेडिकल इमर्जेन्सी परेमा राजदूतावासलाई तुरून्त सम्पर्क गर्न आग्रह गरेको छ ।

    साथै दुताबासले यस परिस्थितिको फाइदा उठाउँदै केही ठगहरूले विभिन्न बहानामा नेपाली नागरिकलाई फोन गरी दुःख दिएको जन गुनासो आएकोले यस्ता ठगीबाट जोगिन आफ्ना व्यक्तिगत तथा महत्वपूर्ण विवरण (कतारी आइडी, राहदानी, बैङ्क खाता, ए.टि.एम. कार्ड आदि सम्बन्धी विवरण) नदिन समेत आग्रह गरेको छ ।

    दुताबासल कतारस्थित केही महत्वपूर्ण सम्पर्क नम्बर समेत सार्बजनिक गरेको छ । जसमा नेपाली राजदूतावास, दोहा +९७४४४६७५६८९, +९७४ ६६२१ ४४१९, प्रहरी / आगजनी / एम्बुलेन्स- ९९९, हमाद जेनरल हस्पिटल +९७४ ४४३९ ४४४४, नेपाल एयरलाइन्स +९७४ ६६५६ ०८३३, हिमालय एयरलाइन्स +९७४५०७२१७४९, कतार एयरवेज इमर्जेन्सी रेस्पोन्स टिम +९७४४९४४५५५५ रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली दूतावास
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।