Logo

२०८३, आश्विन ९गते


images
images

वैवाहिक बन्धनमा बाँधिए विजय र रश्मिका

वैवाहिक बन्धनमा बाँधिए विजय र रश्मिका

images
  • वैवाहिक बन्धनमा बाँधिए विजय र रश्मिका
    images
    images

    काठमाडौँ । दक्षिण भारतीय चलचित्र क्षेत्रका चर्चित कलाकार रश्मिका मन्दाना र विजय देवरकोंडा वैवाहिक बन्धनमा बाँधिएका छन् ।

    images
    images
    images

    लामो समयदेखि प्रेम सम्बन्धको चर्चामा रहेका यी दुई कलाकारले परिवार तथा नजिकका आफन्तको उपस्थितिमा पारम्परिक तेलुगु संस्कारअनुसार विवाह सम्पन्न गरेका हुन् ।  प्राप्त जानकारीअनुसार आज साँझ पुनः कोडावा परम्पराअनुसार दोस्रो विवाह समारोह आयोजना गरिने तयारी गरिएको छ ।  

    images
    images
    images

    रश्मिका र विजयको सम्बन्ध विगत केही वर्षदेखि चर्चामा थियो ।  विजय र रश्मिका २०१८ र २०१९ मा फिल्म गीथा गोविन्दम र डियर कमरेड फिल्ममा एक साथ काम गर्दा प्रेममा परेको बताइएको छ । उनीहरुले २०२५ अक्टोबर ३ मा गोप्य रुपमा इन्गेजमेन्ट गरेको दाबि गरिएको छ ।

    images
    images
    images

    दुवै कलाकारले व्यक्तिगत जीवनलाई सार्वजनिक चर्चाबाट टाढा राख्ने प्रयास गर्दै आएका भए पनि विवाहको घोषणापछि उनीहरूको सम्बन्ध औपचारिक रूपमा सार्वजनिक भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रश्मिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।