Logo

२०८३, आश्विन १०गते


images
images

एमसीसीको विरोधमा देवदहमा युवा-विद्यार्थीको विरोध प्रदर्शन

एमसीसीको विरोधमा देवदहमा युवा-विद्यार्थीको विरोध प्रदर्शन

images
  • एमसीसीको विरोधमा देवदहमा युवा-विद्यार्थीको विरोध प्रदर्शन
    images
    images

    देवदह । अमेरिकी सहयोग नियोग एमसीसी सदनमा टेबल भएको विरोधमा सत्तारुढदल नेकपा माओवादी निकट युवा तथा विद्यार्थीहरूले विरोध जनाएका छन् । रुपन्देहीको देवदहमा राँके जुलुस गर्दै वाइसीएल नेपाल र अखिल क्रान्तिकारीले मसाल जुलुस सहित बिरोध प्रदर्शन गरेका हुन् ।

    images
    images
    images


    देवदहको मिलनचोकबाट सुरूभएर खैरेनीचोकमा पुगी कोणसभामा परिणत भएको उक्त विरोध कार्यक्रममा बोल्दै वाइसिएलका युवा नेता रोहित वाग्लेले जनयुद्ध र जनआन्दोलन देश बिक्री गर्नका लागि नगरिएको बताएका थिए । राष्ट्रिय स्वाधीनताको लागि अन्तिम साससम्म वाइसीएल लगायतका युवा विद्यार्थीहरू लड्ने उद्घोष गर्दै वाग्लेले मागेर देश विकास गर्ने दिवासपनाबाट व्युँझिन नेताहरूलाई आग्रह गरे ।

    images
    images
    images

    त्यसैगरी सोही कार्यक्रममा बोल्दै वाइसीएल नेता प्रेम थापाले स्वाधीनताको लडाइँ गम्भीर मोडमा पुगेको उल्लेख गर्दै सचेत युवा पिँढिलाई स्वाधीनताको लडाइँमा ऎक्यबद्द हुन अपिल गरे ।

    images
    images
    images

    प्रदर्शनमा माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताको साथमा युवा विद्यार्थीको उल्लेख्य सहभागीता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।