Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

हिमाचल प्रदेश ग्याँस विस्फोट- नौं नेपालीसहित १० जनाको शव बरामद

हिमाचल प्रदेश ग्याँस विस्फोट- नौं नेपालीसहित १० जनाको शव बरामद

images
  • हिमाचल प्रदेश ग्याँस विस्फोट- नौं नेपालीसहित १० जनाको शव बरामद
    images
    images

    काठमाडौँ । भारतको हिमाचल प्रदेशको सोलन जिल्लाको अर्की बजारमा आइतबार राति भएको ठूलो आगलागीपछि खोजी अभियानको क्रममा बुधबार थप सात जलेका अवशेषहरू फेला परेका छन् ।

    images
    images
    images

    दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । भारतीय अधिकारीहरूले मृतकहरूमा नौ नेपाली नागरिक रहेको र एक बिहारका आठ वर्षीय बालक रहेको बताएका छन् । ग्याँस विस्फोटबाट भएको आगलागी भयानक रहेको र अहिलेसम्म कुनै पनि शव पूर्ण रूपमा निकाल्न नसकिएको बताइएको छ ।

    images
    images
    images

    सोमबार दुई, मंगलबार तीन र बुधबार सात अवशेषहरू बरामद गरिएका छन् । यी अवशेषहरूलाई फोरेन्सिक परीक्षणको लागि पठाइएको छ, जहाँ मृतकको पहिचान गर्न डीएनए परिक्षण गरिने बताइएको छ । मृतकका आफन्तहरूबाट डीएनए नमूनाहरू पहिले नै सङ्कलन गरिसकिएको छ ।

    images
    images
    images

    भग्नावशेष हटाउन भवनका पर्खाल भत्काइएको थियो र बाँकी भग्नावशेषहरू नजिकैको चौगन मैदानमा सारिएको थियो, जहाँ बिहीबार खोजी कार्य पुनः सुरु हुनेछ । अझै दुई पुरुष, दुई महिला र पाँच बालबालिका रहेका छन् र उनीहरु सबै नेपाली मूलका भएको प्रहरीले बताएको छ । 

    भवनको जमिन र पहिलो तल्लामा व्यावसायिक पसल थिए भने माथिल्लो दुई तल्लामा नेपाल र बिहारका आप्रवासी कामदारहरू भाडामा बसिरहेको बताइएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हिमाचल प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।