Logo

२०८३, श्रावण २७गते


images
images

यूएईमा ‘विश्व सन्देश’ पत्रिका विमोचन

यूएईमा ‘विश्व सन्देश’ पत्रिका विमोचन

images
  • यूएईमा ‘विश्व सन्देश’ पत्रिका विमोचन
    images
    images

    यूएईमा नेपाली मासिक पत्रिका ‘विश्व सन्देश’ औपचारिक रूपमा विमोचन भएको छ। अमेरिकाबाट सुरु भएको यो पत्रिका अब यूएईबाट पनि मासिक रूपमा प्रकाशित हुनेछ।

    images
    images
    images

    नेपाल पत्रकार महासंघ, यूएईका अध्यक्ष मेघराज सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालका आवासीय राजदूत तेजबहादुर क्षेत्री प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

    images
    images
    images

    राजदूत क्षेत्रीले पत्रिकाले सकारात्मक समाचार र जिम्मेवार सामग्रीमा केन्द्रित हुनुपर्ने बताए। उनले यसलाई निरन्तरता दिन यूएईस्थित नेपाली दूतावासले सहयोग गर्ने स्पष्ट पारे।

    images
    images
    images

    सभापति सापकोटाका अनुसार पत्रिकाले यूएईमा कार्यरत नेपाली श्रमिक, व्यवसायी र समुदायका गतिविधि, जीवनकथा र सफलताको कथाहरू समेट्ने उद्देश्य राखेको छ।

    ‘विश्व सन्देश’ ग्लोबल टिममा अध्यक्ष विजय राम पौडेल, प्रधान सम्पादक रोशन पुरी, प्रमुख कार्यकारी अधिकृत योगेश अधिकारी, सल्लाहकार केदार तिमिल्सिना छन्। यूएई टिममा सम्पादक निमेश गिरी र स्तम्भकार निशचल दाहाल रहेका छन्

    पत्रिका मासिक रूपमा युएईबाट प्रकाशित हुने जनाइएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।