Logo

२०८३, आश्विन ९गते


images
images

बलिउड

बक्स अफिसमा रोकिएन बलिवुड फिल्म धुरन्धर : कति कमायो तेस्रो सातासम्म

बक्स अफिसमा रोकिएन बलिवुड फिल्म धुरन्धर : कति कमायो तेस्रो सातासम्म

images
  • बक्स अफिसमा रोकिएन बलिवुड फिल्म धुरन्धर : कति कमायो तेस्रो सातासम्म
    images
    images

    काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहको फिल्म 'धुरन्धर' ले रिलिजको १७ दिनमा घरेलु बक्स अफिसमा ५७९.२० करोड भारु कमाई गरेको छ ।

    images
    images
    images

    बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार तेस्रो साताको पहिलो शुक्रवार फिल्मले २३.७० करोड कमाएको थियो भने शनिवार ३५.७० र आइतवार ४०.३० करोड कमाई गरेको छ ।  धुरन्धरले पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको थियो भने दोस्रो सातामा २६१.५० करोड कमाई गरेको थियो । त्यस्तै तेस्रो साताको तीन दिनमा फिल्मले ९९.७० करोड कमाएको छ ।

    images
    images
    images

    फिल्मको सामाजिक सञ्जाल र मिडियामा सकारात्मक प्रचार भएको फाइदा बक्स अफिसमा देखिएको छ । त्यस्तै फिल्मले भारत बाहिर पनि शानदार कमाई गरिरहेको छ । फिल्मले पहिलो साता विदेशी बक्स अफिसमा १२० करोड भन्दा बढी भारु कमाएको छ ।

    images
    images
    images

    रणवीर सिंहको 'धुरन्धर' लाई वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको छ । फिल्ममा रणवीर सिंहसहित संजय दत्त, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुन र राकेश बेदीको प्रमुख भूमिका रहेको छ । फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन् भने फिल्ममा रणवीर सिंहको पनि लगानी रहेको छ ।

    त्यस्तै यस फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले किनेको छ । आधिकारिक ओटीटी रिलीज मिति भने अझै घोषणा गरिएको छैन । यस फिल्मको लागत करिब २२० करोड भारु भएको बताइएको छ । जसमा फिल्मले सिनेमा हल बाहेक विभिन्न अधिकार बिक्री गरेर ११० करोड कमाई गरिसकेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धुरन्धर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।