कृष्ण अन्जान, रुरु । गाउँघरमा रैथाने गाई पालन शुन्य हुँदै गएपछि धार्मिक अनुष्ठानहरुमा अावस्यक पर्ने गाईकाे गहँत र दूध पाउन समेत हम्मेहम्मे पर्ने गरेको छ । परम्परा देखिनै घरघरमा पालिने लाेकल गाई पछिल्लो समयमा पाल्नै छोडिएपछि केही थोपा गहँतको लागि समेत २-४ गाउँ नै डुल्नुपर्ने अवस्था आएको हो ।
रुरुक्षेत्रकाे थाेर्गा गाउँमा कुनै जमानामा घरघरमा स्थानीय जातका गाई पालिने गरिएकाे यहाँका वासिन्दाहरु सम्झिन्छन तर जमाना यसरी फेरियाे कि धेरै जसाेका गाेठ रित्ता छन र झार उम्रिएका छन ।
"पहिले पहिले गाईगाेरु भैँसी-बाख्रा सबै बान्कि मिलाएर पाल्ने चलन थियाे । दिनभरि गाई गाेरु चराउन जँगल गईन्थ्याे बरै ! पुरानाे कुरा सम्झेर के गर्नु । रुरुक्षेत्र १ का गाेपाल ज्ञवालीले बताए ।
हुनपनि चालिसकाे दशक सम्म थाेर्गा गाउँमा धेरैले गाईगाेरु पाल्थे । प्राय: च्युरेक ठाढाबाट फल्लेखर्क ठुलापाेखरा तिरका घरमा त गाेठभरि गाईगाेरु थिए । बिहान स्थानिय नयाँ पाेखरा काेलकाटे झ्वाँले तमेरतुमका जँगल तिर गाईगाेरुकाे लर्काे लाग्थ्यो ।
जब पचासकाे दशक शुरुभयाे त्यसपछि विस्तारै याे क्षेत्रमा गाउँ छाडेर शहर झर्ने चलन अायाे र गाई गाेरु पाल्न छाडियाे ।
अाजभाेली त गाउँघरमा लगाईने धार्मिक अनुष्ठानका लागि जजमानले पण्डितलाई नै जसरी पनि गाईकाे दूध र गहँत व्यवस्थापन गर्न भन्छन । त्यसैअनुसार कताकति गाउँमा पालिएका जर्सी गाईकाे दुध गहुँत र गाेबर अड्काे पड्काे तेलकाे धुपमा काम चलाउने गरिएकाे छ ।
गाउँघरमा अाजभाेली धार्मीक अनुष्ठानहरुमा गाईदान पनि हुँदैन र गाईकाे साटाे दाम राख्ने चलन छ। कुनै जमाना थियाे छाेरी अन्माउँदा, मर्दा पर्दा गाई दान गरेर पठाईन्थ्याे ।
गाउँघरमा रहेका अधिकाँश गाईहरु धार्मिक क्षेत्रतिर लगेर छाडिएपछि त्यस क्षेत्रमा लगेर छाडिएपछि छाडा गाई गाेरुकाे व्यवस्थापन गर्न गौशालाकाे व्यवस्थापन गरिएकाे छ तर धार्मिक क्षेत्रमा गाईगाेरु छाड्ने प्रवृत्ति अझै राेकिएकाे छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology