Logo

२०८३, आश्विन १०गते


images
images

मधेस आन्दोलनका शहिदको सम्झनामा मनाइयो बलिदान दिवस

मधेस आन्दोलनका शहिदको सम्झनामा मनाइयो बलिदान दिवस

images
  • सेतोमसी सहकर्मी
  • मधेस आन्दोलनका शहिदको सम्झनामा मनाइयो बलिदान दिवस
    images
    images

    कपिलवस्तु।मधेश आन्दोलनका शहीदहरुको सम्झनामा माघ ५ गते मनाइने बलिदानी दिवस कपिलबस्तुमा आज औपचारिक कार्यक्रम गरी मनाइएकोे छ । 

    images
    images
    images

    मधेस आन्दोलनको समयमा सहादत प्राप्त गरेका सहिदहरूको स्मरणमा मनाइएको बलिदानी दिवस बुधवार लोकतान्त्रिक समाजवादी पार्टीको आयोजनामा मनाइएको हो ।

    images
    images
    images

    ‘स्वायत्त मधेस एक प्रदेश’ र अधिकार प्राप्तिका लागि १५ वर्ष अगाडि मधेसी जनता तथा मधेसवादी दलहरूले गरेको आन्दोलनमा शहिदहरुको स्मरण गर्दै जहिले सम्म स्वायत्तमधेश प्रदेश घोषणा नभए सम्म आन्दोलन जारी रहने लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य रबिदत्त मिश्रले बताउनु भयो ।

    images
    images
    images


    कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी जनताको अधिकारको रक्षाको निमित्त सदैत संघर्षमा रहेन उल्लेख गर्दै जिल्ला अध्यक्ष कैलाश अग्रहरीले जनताको बलिदानी बाट प्राप्त लोकतन्त्रलाई पार्टीले कुनै पनि हालतमा समाप्त हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे । 


    लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य सन्तराम गुप्ता लगायत पार्टीका बिभिन्न नेताहरुले शहिदहरुलाई श्रद्धाञ्जली दिएका थिए  । लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष कैलाश अग्रहरीको अध्यक्षता  र जिल्ला पर्यवेक्षक मधुसुदन शरण चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।