Logo

२०८३, श्रावण २७गते


images
images

अनुसन्धान प्रतिवेदन

समयमा लकडाउन नगर्दा बेलायतमा २३ हजार बढीको कोरोनाले मृत्यु भएको अध्ययनको निष्कर्ष

समयमा लकडाउन नगर्दा बेलायतमा २३ हजार बढीको कोरोनाले मृत्यु भएको अध्ययनको निष्कर्ष

images
  • समयमा लकडाउन नगर्दा बेलायतमा २३ हजार बढीको कोरोनाले मृत्यु भएको अध्ययनको निष्कर्ष
    images
    images

    काठमाडौँ । बेलायतको कोभिड-१९ अनुसन्धान प्रतिवेदनले पूर्व प्रधानमन्त्री बोरिस जोनसनको ढिलो निर्णयका कारण देशमा २३ हजार थप मृत्यु भएको खुलासा गरेको छ ।

    images
    images
    images

    प्रतिवेदनका अनुसार, जोनसनले सुरुमा भाइरसको गम्भीरता बुझ्न असफल भए र लकडाउनमा ढिलाइ गरेपछि धेरै मानिसहरुले ज्यान गुमाएको अध्ययन प्रतिवेदनले औल्याएको छ ।

    images
    images
    images

    अध्ययन समितिकी अध्यक्ष, पूर्व न्यायाधीश हेदर ह्यालेटले सरकारले महामारीको समयमा विषाक्त र अराजक वातावरणको अनुभव गरेको उल्लेख गर्दै तत्कालिन प्रधानमन्त्री जोनसनले निरन्तर निर्णयहरू परिवर्तन गरे र धेरै महत्त्वपूर्ण सुझावहरूलाई बेवास्ता गरेको बताएकी छन् ।

    images
    images
    images

    अनुसन्धानले यदि बेलायतले एक हप्ता अघि, मार्च १६, २०२० मा लकडाउन लगाएको भए, पहिलो लहरमा मृत्यु हुनेहरूको संख्या ४८ प्रतिशत कम हुन सक्थ् भन्ने निष्कर्ष निकालेको छ ।

    कोभिड-१९ अवधिमा, जोनसनको सरकारले डाउनिङ स्ट्रिटमा आयोजित पार्टीहरू र लकडाउन नियमहरूको उल्लङ्घनसहित धेरै आरोपहरूको सामना गरेको थियो । स्वास्य मन्त्री म्याट ह्यानकक र प्रमुख सल्लाहकार डोमिनिक कमिंग्सको आचरणको बारेमा पनि गम्भीर प्रश्नहरू उठाइएको छ ।

    प्रतिवेदनले भविष्यमा हुने महामारीसँग व्यवहार गर्न १९ सुझाव समेत दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अनुसन्धान प्रतिवेदन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।