Logo

२०८३, आश्विन ९गते


images
images

सम्झनामा मुक्तिनाथ सर : सबै कुरा हाम्रै पालामा सम्भव छ भन्नेहरु कता छन् कुन्नी ?

सम्झनामा मुक्तिनाथ सर : सबै कुरा हाम्रै पालामा सम्भव छ भन्नेहरु कता छन् कुन्नी ?

images
  • सेतोमसी सहकर्मी
  • सम्झनामा मुक्तिनाथ सर : सबै कुरा हाम्रै पालामा सम्भव छ भन्नेहरु कता छन् कुन्नी ?
    images
    images

    विस वर्ष भएको छ ठ्याक्कै विस वर्ष । हिउँदका चिसा दिनहरुमा प्रायः म पढेको त्यो लमजुङको पुरानो पाणिनि संस्कृत माध्यामिक स्कुल तिरको बाटो हिड्दा मेरा पुराना शिक्षक मुक्तिनाथ अधिकारीलाई हमेसा संझन्छु । अनि कसरी म पढेकै कक्षाबाट मेरै अगाडी मलाई थर्काउदै गुरुलाई बेइज्जती र पेस्तोलको नाल कन्चनमा तेर्साउदै माओवादि बताउने एक जत्थाले अपहरण गर्यो र निर्मम हत्या गर्यो भनेर पुरानो तर विर्सन हम्य पर्ने घटना पनि संझन्छु । मैले स्वीकार गनैं पर्छ स्कुल, गुरुहरु र साथीहरुसँग किशोरवयको मेरो सम्बन्ध किञ्चित स्यामश्वेत रह्यो तर अमिट बन्यो ।

    images
    images
    images


    हाम्रो घरवरिवारबाट म मात्र संस्कृत स्कुलमा पढ्न जानुमा मेरो आफ्नो छुट्टै कथा छ र यो सबै अहिले किन भनीरहनु पर्यो र? पिताजीको मृत्यु हुदा म कक्षा पाँचको अन्तिम परिक्षा दिदै गरेको कक्षाको सामान्य पठ्ठो थिएँ ।  पिताजीको स्वार्गहारण सँगै हाम्रो परिवारको सबै सपना पनि पिताजीसँगै गए । हामी शहरबाट गाँउ फर्कियौ । मेरो जिल्ला स्तरिय परीक्षा पनि माथि तिरै गयो । म उपल्लो कक्षामा चड्ने भइन । तर त्यो संस्कृत स्कुलका हेडसर पिताजीका साथी भएकाले उनको दया र विश्वासमा म माथिल्लो कक्षामा पढ्न पाउने भएँ । यसरी मेरो यात्रा संस्कृत स्कुल तिर ढल्कीयो । 

    images
    images
    images


    अकस्मात केही पेस्तोलधारी कक्षामा छिरे र सरको हात पछाडी लगेर बाधे । कक्षामा विद्यार्थीसामु अपशब्द बोलेर लज्जित तुल्याउदै पेस्तोल ताकेर सरलाइ कक्षा बाहिर लगियो । मेरा सहपाठी डाको छोडेर रुन थाले । म थचक्क बेन्चमा बसे । के गरुँ के भएँ । एकै छिनमा बाहिर भाषण सुनियो । सबै शिक्षकहरु र विद्यार्थीरुलाइ पेस्तोलको त्रासमा भाषण सुनाइयो । केही बेरमै माथि चिहानपाटा भन्ने ठाउमा रुखमा बाधेर गोली हानी उहाँको हत्या गरियो ।

    images
    images
    images


    स्कुलमा किशोरवयका कथा धेरैका रङ्गीन हुन्छन सायद, तर मेरो चाहि स्यामश्वेत र भावानात्मक रह्यो । जुन स्कुलमा मैले मेरा किशोरवय बिताएँ त्यो त्यसको भुगोल, संस्कृत शिक्षा प्रतिको आमा उदासिनता र 
    तत्कालीन परिवेशले त्यस्तो बनाएको हो । स्कुल किञ्चित एकान्त देहातमा अवस्थीत जस्तो लाग्थ्यो । 


    स्कुलमै जोडिएको गुरुकुल आश्रम र त्यहाँ गरीने धार्मिक कृयाकलापले थोरै आध्यात्मिक हिस्सा पनि ओगटेको थियो । विभिन्न पर्वहरुमा गरीने पूजाआजा , पाठपरायण धार्मिक अनुष्ठान , सामुहिक ब्रतबन्ध, नजिकैको गौशाला, नन्दन वगैचा, बजारको चहलपहल भन्दा टाडा, संस्कृत पढाउने गुरुहरुसँगको सामिप्यता आदिले यो संझना समकालीन साथीहरुको भन्दा मेरो फरक भएको हो । स्कुलमा साना कक्षामा कक्षा भरि भएका विद्यार्थीहरु साधारण विद्यालयमा पढ्न जानाले माथिल्लो श्रेणीमा पुग्दासम्म हाम्रो स्कुलमा ज्यादै न्युन हुन्थे । पछिल्लो समय संस्कृत शिक्षा प्रति मोह हराउदै  गयो । डेड दर्जन केटीहरुको विचमा म एक्लै पढ्नुपर्दा नवौं र दशौं श्रेणी मेरा लागि भिडमा भएर पनि एक्लै भए जस्तो थियो । तर, यसले गुरुहरुसगको सामिप्यता भने बढायो ।


    हाइस्कुल पढ्दा शिक्षक मुक्तिनाथ अधिकारी मेरा गणित र विज्ञानका दक्ष शिक्षक थिए । उनी प्रति म समेत सबै विद्यार्थीहरुको कस्तो छाप थियो भने उनले हाँसीमजाक गर्न जान्दैनन र सधैं सत्यमात्र बोल्छन ।ति अजीव निष्ठावान नैतिकताबाट रत्ती नडगमगाउने मुर्तिवत मानव स्कुलका हाम्रा रेगुलर शिक्षक थिए । ति दाह्रीवाला शिक्षकले मेरा लागि गणितका समीकरण र विज्ञानका परिभाषाहरु यसरी धुल्याइदिए कि मलाई अझ बढी जान्नका लागी उत्सुकता थपिदिएर गए ।


    हामी हाइस्कुलको अन्तिम श्रेणीमा हुदा ताका गाँउमा रातो रुमाल टाउकोमा बाधेका मान्छेहरु आउथे र भात पकाउन अर्डर दिन्थे । गाँउका प्रायः सबै मान्छे डराउथे र उनीहरुले भने बमोजिम गर्थे । सबैले भन्थे उनीहरु माओवादि हुन । चिनका नेता माओको दर्शनलाई साकार पारेर देश बदल्न हिडेका हुन् भन्थें । हामीहरु कम बुझ्थ्यौं । त्यतिबेला हाम्रो के ठम्याई थियो भने यिनीहरुसँग बन्दुक छ त्यसैले यिनीहरुले जे पनि गर्न सक्छन् ।


    एक दिन माघको ठिहिर्याउने दिनमा मुक्ति सर अकस्मात गयल भए तर भोलि पल्टै लामो समय देखी हेडसर बिहिनको स्कुलको नयाँ हेड सर भएर आए । मुक्तिसरको अनुहारमा औरा थियो त्यो दिन । दुब्ला मान्छेपनि हेडसर हुन सक्दारहेछन् भनेर मलाइ त्यही दिन देखी लागेको हो नत्र तेतीबेला–सम्म हेडसरहरु सबै मोटै हुन्छन जस्तो लाग्थ्योंँ । 


    २०५८ साल माघ ३ गते मुक्ति सर र हामी सबैका लागि कालो दिन बनेर आयो । यो दिन प्रकृतिले बिनास रचेको थिएन बरु हामी आफ्नै मानव जाति बाट विचार र वादका नाममा मानव जातिकै विनासको वीऊ रोपेका हुन्छौ भन्ने प्रमाण थियो । म लगायत मेरा केटी सहपाठिहरुलाई सरले चौथो घण्टीमा विज्ञान पढाइरहनु भएको थियो । म अगाडी बेन्चमा बसिरहेको थिए । अकस्मातकेही पेस्तोलधारी कक्षामा छिरे र सरको हात पछाडी लगेर बाधे । कक्षामा विद्यार्थीसामु अपशब्द बोलेर लज्जित तुल्याउदै पेस्तोल ताकेर सरलाइ कक्षा बाहिर लगियो । मेरा सहपाठी डाको छोडेर रुन थाले । म थचक्क बेन्चमा बसे । के गरुँ के भएँ । एकै छिनमा बाहिर भाषण सुनियो । सबै शिक्षकहरु र विद्यार्थीरुलाइ पेस्तोलको त्रासमा भाषण सुनाइयो । केही बेरमै माथि चिहानपाटा भन्ने ठाउमा रुखमा बाधेर गोली हानी उहाँको हत्या गरियो ।

    आज ठ्याक्कै विस वर्ष भयो । हाम्रो गाँउ उस्तै छ । यो विस वर्षको दौडानमा धेरै परिबर्तन भए । ठुलो बाढि आएपछि क्षति ठुलै गर्छ र पनि त्यसपछिको समय शान्त हुन्छ । मान्छे आफ्नो लयमा फर्कन्छ र झन् पहिले भन्दा राम्रो बाटो पहिल्याउछ । तर यहाँ यस्तो भएको छैन । सबै कुराहरु पुराना याद र अस्तव्यस्त वर्तमानमा रुमल्लीरहेका छन । 


    धेरै मान्छेहरु द्धन्दमा गाँउबाट पलायन भए । एकपल्ट पलायन भएपछि त्यही ठाँउमा फर्किएर आउन मुस्किल हुन्छ । मुक्तिसरको हत्याले एउटा मान्छेले मृत्यु मात्र वरण गरेन बरु यो दुराडाँडाको वस्ती नै उजाड देहातमा रुपान्तरित गरिदियो । उ बेलाका सानदार चारपाटे घरहरु सदाका लागि ढोका लागे, हुदाखादाको जागिर छोडेर त्रासदीमा मान्छेहरु सहर पसे । 


    दुराडाँडा एकलल्ट गुलजार थियो । विद्धानहरुले भरिएको ऐतिहासिक भुमिको पहिचान थियो । काशीमा जस्तै दुराडाँडा गए पछि विद्या आर्जन गर्न पाइन्छ भन्ने कहावत थियो । यसको सौन्दर्य भन्नु नै यहि जन्मिएका कर्मठहरुको योगदान थियो । तर अहिले दुराडाँडा धेरै पछाडी परेको छ । विकासको गति धिमा छ । अव यो भुमि वजारमा घर जोड्न नसक्नेहरुको मात्र रैथाने भुमिमा परिणत भएको छ । सबै कुरा हाम्रै पालामा सम्भव छ भन्नेहरु कता छन कुन्नी ?


    लेखक : राजु अधिकारी, लमजुङ

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।