Logo

२०८३, आश्विन १०गते


images
images

तनावमा उद्योगी

भारतीय घुमुवा कामदारको विगविगीले रुपन्देहीका फर्निचर उद्योगी हैरान

भारतीय घुमुवा कामदारको विगविगीले रुपन्देहीका फर्निचर उद्योगी हैरान

images
  • भारतीय घुमुवा कामदारको विगविगीले रुपन्देहीका फर्निचर उद्योगी हैरान
    images
    images

    बुटवल । रुपन्देहीमा भारतबाट आउने घुमुवा कामदारको विगविगी बढेको फर्निचर उद्योगीहरुले दुखेसो गरेका छन् । शुक्रवार फर्निचर उद्योग संघको २६ औँ साधारण सभा तथा १३ औँ अधिवेशनमा बोल्ने उद्योगीहरुले विना दर्ता घुम्ने र भारतबाट आउने घुमुवाहरुका कारण आफुहरु समस्यामा परेको बताएका हुन् । 

    images
    images
    images

    उनिहरुले घुमुवाहरुलाई कार्वाही गर्न माग समेत गरे । सबै प्रक्रिया पुरा गरेर उद्योग सञ्चालन गर्दा पनि स्थानीयले डिस्टर्व भयो भनेर उजुरी गर्दा १५-१५ दिनमा उद्योग सार्नु पर्ने हैरानीबाट उद्योगीहरु पिडित बनेको भन्दै उद्योगीहरुले उपयुक्त स्थानको व्यवस्था गरिदिन बुटवल उपमहानगरपालिकासंग आग्रह गरे । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयले नगरपालिका व्यवसायिक वातावरण बनाउन लागि परेको बताए । उनले नगरपालिका व्यवसायीलाई खुसी बनाएर विकास गर्ने गरी अघि बढेको बताए । उनले फर्निचर उद्योगमा विदेशी कामदारको संख्या अधिक रहेको उल्लेख गर्दै नेपाली कामदार प्रयोग गर्न आग्रह गरे । ‘नेपाली कामदारलाई तालिम दिएर भएर पनि काम लगाउनु पर्यो, तालिम दिन परे नगरपालिकाले दिन्छ’ उनले भने । 

    images
    images
    images

    नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष युवराज पौडेलले नेपाल सरकारले प्राविधिक ज्ञान तर्फ फर्निचर बनाउने बिषयमा पाठ्यपुस्तक लागु गर्नु पर्ने बताए । उनले व्यवसायी विभिन्न समयको आन्दोलनका कारण समस्यामा रहेको भन्दै न्युन व्याजदरमा ऋण उपलब्ध गराउन सरकारसंग माग गरे । 

    रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले निति निर्माण गरेर स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिए । उनले सरकारी कार्यालयले बोलपत्र आह्वान गर्दा स्वदेशी फर्निचर प्रयोग गर्नु पर्ने बाध्यात्मक प्रावाधान राख्न माग गरे । 

    कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा उद्योग व्यापार संघ बुटवलका अध्यक्ष बिष्णु पौडेल, घरेलु तथा साना उद्योग कार्यालयकी कार्यालय प्रमुख सारदा भट्टराई, सल्लाहाकार संयोजक बिष्णु कुमार श्रेष्ठ र सल्लाहाकार वोनिन पियाले बोलेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # घुमुवा कामदार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।