काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार छापावाल सुनको मुल्य तोलाको २१ सयले घटेर तोलाको २ लाख ४४ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलवार सुन तोलाको २ लाख ४६ हजार ४ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर ३१७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मंगलवार चाँदी तोलाको ३१७० मा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology