काठमाडौँ । मकवानपुरको हैटौंडामा सञ्चालित शिवम् सिमेन्टले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम सोमवारबाट तिर्न सुरु गरेको छ ।
पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको विद्युत लाइन सोमवार जडान गरिएको छ ।
शिवम् ले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो ।
शिवम् को ६६ करोड ८९ लाख रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी शिवम् ले २ करोड ३८ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology